काठमाडौं- दक्षिण अफ्रिकीका साहसिक आरोहीको एक टोली कारयात्रा गरी मंगलबार मुलुक नेपाल आईपुगेको छ।
साहसिक यात्रा गर्दै आएका दक्षिण अफ्रिकी नागरिक लिसा म्यालेट नेतृत्वको टोली कारबाट १७ हजार किलोमिटर दुरी पार गरी मंगलबार बिहान काठमाडौं आईपुगेको हो।
दक्षिण अफ्रिकाको पर्यटकीय नगरी केप टाउनबाट सुरु गरिएको कारयात्रा करिब ६ महिना लगाएर काठमाडौंमा आएर सम्पन्न भएको छ।
त्यसक्रममा उनीहरुले केप टाउनको पानी काठमाडौंको बौद्धनाथलाई हस्तान्तरण गरेका छन्।
नेपाल विश्वकै सुन्दर र शान्त मुलुक भएकाले कार यात्राको आफ्नो गन्तव्य पनि नेपाललाई चयन गरिएको टोली नेता मिलेटले जानकारी दिए।
टोलीलाई बौद्धनाथमा नेपाल–दक्षिण अफ्रिका काउन्सिलका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र बुद्ध धर्मका गुरुले स्वागत गरेका थिए।
'पर्यटन प्रवर्द्धनका लागि टोलीले नयाँ–नयाँ गन्तव्य मुलुकको भ्रमण गर्ने गरेको छ,' केप टाउन-काठमाडौं कारयात्राकी टोली प्रमुख लिसा म्यालेटले भनिन्।
यसैबीच, नेपाल–दक्षिण अफ्रिका काउन्सिलको सो टोलीको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
काउन्सिलका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले टोलीको सो कारयात्राले नेपालको पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन्।
काउन्सिलले कार यात्रामा आएका म्यालेट नेतृत्वको टोलीलाई सम्मान पनि गरेको छ। त्यस अवसरमा पनि कार यात्राका टोली नेता म्यालेटले नेपालको सुन्दरताले आफूहरूलाई तानेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।