• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारले तोकेभन्दा कयौं गुणा बढी रकम असुल्छन् म्यानपावर

कामदारले वास्तवकिता नखुलाउँदा कारबाहीमा कठिनाइ : विभाग
64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  ०७:२६
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावरले सरकारले तोकेभन्दा कयौं गुणा बढी सेवाशुल्क अशुल्ने गरेका छन्। सरकारले मलेसिया र खाडीका देश जाने कामदारका हकमा २०७२ साल असारदेखि 'फ्रि-भिसा, फ्रि-टिकट' नीति लागू गरी जथाभावी शुल्क लिन कडाइ गरेको थियो। तर, सरकारले फ्रि भिसा, फ्रि टिकट प्रणाली लागू गरेकै देश जाने कामदारसँग म्यानपावर व्यवसायीले चर्को रकम अशुल्ने गरेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने देशअनुसार लागत शुल्क निर्धारण गरेको छ। 

सरकारले तोकेभन्दा बढी रकम लिएको भन्दै दैनिक रूपमा वैदेशिक रोजगार विभागमा उजुरी पर्ने गरेका छन्। म्यानपावरले चर्को रकम अशुलेको भन्दै दैनिक दर्जनभन्दा बढी पीडित उजुरी लिएर विभाग पुग्ने गरेको विभागको तथ्यांक छ। 

रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ग्लोबल लिंक म्यानपावर (लाइसेन्स नम्बर १४९४)ले धनगढीका सागर केसी र तनँहुका रमेश थापासँग ३ लाख २० हजारका दरले शुल्क अशुलेको भन्दै विभागका उजुरी परेको छ। यति धेरै पैसा लिए पनि म्यानपावरले पोल्यान्ड नपठाएपछि उजुरीका लागि विभागमा आएको पीडितले बताएका छन्। 

सरकारले पोल्यान्ड जाने कामदारबाट ८० हजार ४ सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरेको छ। तर, रोजगारीमा त्यहाँ पठाइदिने नाममा म्यानपावर कम्पनीले प्रतिकामदार ५ देखि ७ लाख रुपैयाँसम्म अशुली गरिरहेका छन्। 

सरकारले तोकेभन्दा ४ गुणाभन्दा पनि बढी रकम अशुली गरेर पनि उनीहरूलाई म्यानपावरले पोल्यान्ड पठाएन। सुरुमा म्यानपावरले ५० हजार र राहदानी लिएको केसीले बताए। उनले भने, 'राहदानी र पैसा लिएपछि आजभोलि भन्दाभन्दै ७ महिना झुल्यो। त्यसपछि फोन पनि उठाउन छोडेपछि उजुरी गर्ने विभागमा आएको हो। न त पोल्यान्ड पठायो, न त समयमै पैसा फिर्ता दियो।’

पोल्यान्डको भिसा आयो भन्दै म्यानपावरले ४ पटकसम्म काठमाडौं बोलाएर झुक्याएको थापाको भनाइ छ। 

यस्तै, विभागमा भेटिएका दुर्गा घिमिरेको समस्या पनि उस्तै छ। जब प्लेसमेन्ट सर्भिस प्रालिले कतार पठाउने प्रलोभन देखाएर १ लाख २० हजार लिएको घिमिरेले बताए। कतार गएका दुर्गा ४ महिना काम गरेर स्वदेश फर्किएको बताउँछन्। 

Ncell 2
Ncell 2

'नेपालबाट म्यानपावरले एउटा काम भनेर पठाएको थियो, कतार पुगेपछि अर्कै काम परेपछि स्वदेश फर्किएँ,' उनले भने। उक्त म्यानपावरका नाममा उजुरी गर्न आएको उनको भनाइ छ। 'एकातिर पैसा धेरै लिन्छ, अर्कातिर भनेजस्तो काममा पठाउँदैन। मुद्दाका लागि र न्याय खोज्दा उति खर्च हुन्छ।’ उनले भने। 

सरकारले कतार जाने कामदारका हकमा १० हजार मात्र सेवाशुल्क लिन पाउने व्यवस्था गरेको छ।  तर, रोजगारीमा कतार जाने कामदारसँग म्यानपावरले एक लाखभन्दा बढी उठाउँदै आएका छन्। 

कहाँ जान कति शुल्क

प्याराडाइज इन्टरनेसनल प्रालि (लाइसेन्स नम्बर ११७५)ले शुकबहादुर सुनुवारलाई वैदेशिक रोजगारमा युएई पठाउँदा १ लाख ४६ हजार लिएको थियो। युएइमा भनेजस्तो काम नपाएपछि स्वदेश फर्किएका सुनुवारले म्यानपावरले ठगी गरेको भन्दै विभागमा उजुरी गरेका छन्। 

कतारमा जस्तै युएईमा पनि कामदार पठाउँदा बढीमा १० हजार मात्र सेवा शुल्क लिन पाउने व्यवस्था छ। म्यानपावर कम्पनीले सुनुवारसँग सरकारले तोकेभन्दा १४ गुणा बढी पैसा लिएको छ।

यस्तै एबिसी ओभरसिज प्रालि (लाइसेन्स नम्बर ५०९)ले पनि महेन्द्रप्रसाद सिंहलाई कुवेत रोजगारीमा पठाउदा १ लाख ६४ हजार लिएको उजुरी विभागमा परेको छ। 

म्यानपावर र व्यक्तिगत दलालबाट ठगिएका उजुरी लिएर सरदरमा दैनिक आधा दर्जन युवा विभाग धाउने गरेका छन्। विभागमा आएका प्रायः सबै उजुरी सरकारले तोकेभन्दा कयौं गुणा ठगिएका हुने गरेका छन्।

नियमन फितलो
ठगीका उजुरी आएपनि विभागले म्यानपावर कम्पनीमाथि प्रभावकारी नियमन गर्ने सकेको छैन। अतः रोजगारीका नाममा कामदार ठगिने क्रम रोकिएको सकेको छैन। 

म्यानपावरमार्फत विदेश जाने कामदारले यथार्थ नबताउने भएकाले ठगी रोक्न नसकिएको विभागका निर्देशक दिलीपकुमार चापागाईंले बताए। विभागका कर्मचारीले विमानस्थलमा सोध्दा सरकारले तोकेकै दरमा गएको बताउने गरेका छन्। यसकारण सुरुमै कामदार रोकेर म्यानपावरलाई कारबाहीको दायरा ल्याउन समस्या भइरहेको छ।’    

पछिल्लो समय विकसित मुलुक पठाइदिने भन्दै म्यानपावर कम्पनी र दलालले ठगी धन्दा थालेका छन्। म्यानपावर र दलालविरुद्ध विभागमा उजुरी आउने गरेका महानिर्देशक चापागाईं बताउँछन्। पीडितका समस्याको प्रकृति हेरेर विभागले तत्काल क्षतिपूर्ति भराउँदै आएको चापागाईंको दाबी छ। 

म्यानपावर कम्पनीले गन्तव्य मुलुकका रोजगारदाता कम्पनीबाट माग ल्याएको दाबी गर्दै कामदारसँग अग्रिम पेस्कीका नाममा पैसा उठाउँदै आएका छन्। 

म्यानपावर कम्पनीले राखेको भन्दा धेरै ठगी गर्ने गरेका छन्। ठुला ठगीमा संलग्न म्यानपावरलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न विभाग सफल भएको छैन।

सरकारले विभागमा आएका उजुरीका आधारमा म्यानपावर व्यवसायीमाथि कारबाही गर्न नसक्दा रोजगारीका नाममा ठुला ठगी बढिरहेका छन्। 

४ महिनामा साढे ३२ करोड ठगीका उजुरी
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अविधिमा (कात्तिक मसान्तसम्म)मा ठगीका करिब साढे ७ सय उजुरी विभागमा दर्ता भएका छन्। त्यसमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगततर्फ ३ सय २१ उजुरी परेका छन्। ती उजुरीमा कुल ३२ करोड ६४ लाख ९२ हजार रुपैयाँ पीडितले बिगो दाबी गरेका छन्।  

व्यक्तिगततर्फ ७ करोड ५३ लाख ७४ हजार रुपैयाँ माग दाबी गर्दै विभागमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये हालसम्म ४२ वटा उजुरी फरफारक गर्दै ३५ लाख रुपैयाँभन्दा बढी बिगो भराएको विभागको भनाइ छ। 

त्यस्तै, संस्थागततर्फ १५ करोड ११ लाख १७ हजार रुपैयाँ बिगो माग गरिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफारक गर्दै पीडितलाई १ करोड ६० लाख रुपैयाँ बिगो भराएको छ।

हाल १५ सयभन्दा बढी म्यानपावर विभागमा दर्ता छन्। तर, करिब एक हजार म्यानपावर कम्पनीले मात्र कामदार आपूर्ति गर्दै आएका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव हस्तान्तरण
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्