काठमाडौं- मलेसिया सरकारले छुट्टै संयन्त्र बनाएर आप्रवासी कामदार लिने बताएको छ। मलेसियाका उपगृहमन्त्री मोहम्मद अजिस जमानले विदेशी कामदार लिने विषयमा एउटै प्रणाली निर्माण गर्ने बताउँदै केही समय लाग्न सक्ने संकेत गरेका छन्।
उपगृहमन्त्री अजिसले गैरकानूनी भएर बसिरहेका कामदारलाई वैधानिक हुन अथवा विना झन्झट स्वदेश फर्किन आममाफी प्रक्रिया खोल्न पक्षमा मलेसिया नरहेको समेत बताए।
सरकारले पटक-पटक आममाफी दिँदा पनि गैरकानूनी रुपमा बस्न पश्रय दिएको जस्तो हुने भएकाले त्यसको विपक्षमा रहेको उपगृहमन्त्री जमानले बताएको 'फ्रिमलेसिया टुडे' अनलाइनले उल्लेख गरेका छ।
मलेसिया पुग्ने सबै स्रोत मुलुकका प्रक्रिया र नियम फरकफरक रहेको भन्दै उपगृहमन्त्री जमानले प्रक्रियामा एकरुपता ल्याउन लागिएको बताए।
मलेसिया सरकारले कुन क्षेत्रमा कति विदेशी कामदार आवश्यक छन् भन्ने निर्क्योल गर्ने प्रक्रिया अघि बढाएको समेत उनले उल्लेख गरे। विदेशी कामदार व्यवस्थापन गर्न सहज हुने गरी काम गर्न उपगृहमन्त्री अजिसले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।