• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हिमपातले लिमी र हिल्सा सडक बन्द, पानी र रासनको समस्या

64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०८३  ०८:१५
1140x725

सुर्खेत। हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ। सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्।

नाम्खा गाउँपालिका–५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ। असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द भएपछि स्थानीयवासीलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। 

उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य अत्यावश्यक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ। दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए। 

वडाध्यक्ष तामाङले न्यालु र नारा लेकमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। सडक सञ्चालन नहुँदा लिमीका स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।

लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर अग्लो न्यालु लेक पनि एक हो। सडक अवरुद्ध भएपछि लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन्। ताक्चीमा पनि दुईवटा होटल सञ्चालनमा छन्।

तीन फिट हिउँमा सुनखानी प्रहरी चौकी, पानी र रासनको समस्या

हिमपातका कारण लिमीको सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीमा कार्यरत प्रहरीसमेत समस्यामा परेका छन्। तीन दिन लगातार भएको हिमपातपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ। दाउरा नपाउँदा खाना पकाउन र धारामा पानी जमेकाले खानेपानीको व्यवस्था गर्न समस्या भएको वडाध्यक्ष तामाङले बताए। 

आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउने गरिएको छ। सडकमा हिउँ जमेकाले रासन तथा अन्य सामग्रीसमेत पैदलै बोकेर चौकीसम्म पु¥याउनुपर्ने अवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले पछिल्लो अवस्थाको बारेमा बुझेर मात्र जानकारी दिइने बताए। हल्जी गाउँमा फोरजी सेवा सञ्चालनमा रहेकाले सुनखानीका प्रहरी दिनमा एक पटक पैदल हिँडेर हल्जी पुग्ने र त्यहाँबाट आवश्यक सूचना आदानप्रदान गर्ने गरेका छन्। सुनखानी प्रहरी चौकीबाट हल्जी पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ। हाल सुनखानी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरी कार्यरत छन्।

चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेकाले हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाले जेसिबी प्रयोग नगरी सडकमा जमेको हिउँ पन्छाउन सम्भव नभएको बताए। 

हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले नारा लेकको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गर्न हिल्सा–सिमकोट सडक योजनासँग माग गर्नुभएको छ। हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय, अध्यागमन कार्यालयका कर्मचारी, होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन्।

स्थानीयका अनुसार यस वर्ष विगत १५ वर्षयताकै पहिलो पटक हिल्सामा असोज १० गतेदेखि हिमपात भएको हो। यसअघि हिल्सामा कात्तिकपछि मात्रै बाक्लो हिमपात हुने गरेको उनीहरूको भनाइ छ। मौसममा आएको परिवर्तनका कारण यस वर्ष चाँडै हिमपात भएको स्थानीयको अनुमान छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दसैँ–तिहार नजिकिँदै गर्दा सडक सञ्चालन नहुँदा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको छ। स्थानीयवासीले लिमी र हिल्साको सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।  

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल
हास्य कलाकार मनोज गजुरेलले मागे माफी
सम्बन्धित सामग्री
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना दूतावासहरुको यो सन्देशले नेपालका सांस्कृतिक तथा धार्मिक पर्वप्रति विभिन्न राष्ट्रहरुले समेत सद्भाव अभिव्यक्त गरेको बुझिन्छ । आइतबार, कात्तिक २९, २०८३
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने लामिछाने छठ मनाउन जनकपुर पुगेका छन् । आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना आइतबार, कात्तिक २९, २०८३
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्