• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियामा रोजगारी कहिलेदेखि? नेता भन्छन्– श्रममन्त्रीको स्वार्थले रोकियो   

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १३:०१
1140x725

काठमाडौं– नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्य देश हो मलेसिया। तर, पछिल्लो ७ महिनादेखि नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्। पटक–पटक भएका द्विपक्षीय छलफलका बावजुद पनि मलेसियामा नेपाली कामदार आपूर्ति कहिले देखि सुचारु हुन्छ भन्ने प्रश्न उब्जिएको छ।

यसबीचमा पुरानै तवरबाट मलेसिया जाने प्रक्रिया सुचारु गर्न बिचौलियाहरुले खेल खोलिरहेको विषयमा नेपाल लाइभले समाचारसमेत प्रकाशन गरेको थियो। सो सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सिन्डिकेटधारीमार्फत कामदार मलेसिया नपठाउने हकमा आफू दृढ रहेको स्पष्ट पारे। नेपाल लाइभसँगको कुराकानीका क्रममा मन्त्री विष्टले मलेसियाली सरकारसँग मन्त्रीस्तरमा संवाद जारी रहेको पनि बताएका थिए।

लामो समय अनिर्णयको बन्दी बनेको यो विषयले पछिल्लो समय राजनीतिक बहसको रुप लिन थालेको छ। मलेसिया सरकारसँग लगातार संवाद भइरहेको बताइए पनि समस्या नसुल्झिएकोले नेताहरुले सरकारको आधिकारिक धारणा माग्न थालेका छन्। यस सम्बन्धमा सोमबार मात्रै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा शेखर कोइराला तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारमाथि प्रश्न गरेका छन्।

गत कात्तिक १२ गते सरकारीस्तरमा श्रम सम्झौता भएपनि मलेसियाको रोजगारी नखुलेपछि राजनीतिक रुपमै चासो बढ्न थालेको हो।

कांग्रेसका प्रभावशाली नेता कोइरालाले श्रममन्त्रीले आफू निकटका व्यक्तिलाई फाइदा पुर्‍याउन लागी परेको भन्दै छानबिनको माग गरेका छन्। सोमबार ट्विट गर्दै कोइरालाले श्रममन्त्रीको निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर काम गर्ने परिपाटी विकसित हुन लागेको भन्दै तत्काल छानबिनको प्रक्रिया थाल्न भनेका छन्।

श्रम सम्झौतापछि नियोजित रुपमा रोजगारका लागी मलेसिया पठाउॅने काम अगाडी नबढ्नु दुर्भाग्य हो।श्रममन्त्रीले स्वार्थका लागी सम्झौताका बिरुद्ध गएर भेन्डर चेन्ज गरि आफु निकटलाई दिन लागी परेको समाचार सार्बजनिक भैरहेको सन्दर्भमा यसको छानबिन होस र प्रक्रिया तत्कालै शुरू गरियोस।

— Dr Shekhar Koirala (@Shekharnc) December 3, 2018

यसअघि कांग्रेसकै अर्का नेता रामहरि खतिवडाले पनि श्रममन्त्री विष्टले पूजा चन्दलगायत केही रोजगार व्यवसायीलाई फाइदा पुग्नेगरी मलेसिया जाने कामदारको भिसा प्रक्रिया र मेडिकल संयन्त्र खडा गर्ने स्वार्थमा मलेसियाको रोजगारी खोल्न ढिलाइ गरेको आरोप लगाएका थिए।

यस्तै, राप्रपा अध्यक्ष कमल थापा पनि यो बहसमा सामेल भएका छन्। उनले आइतबार ट्विट गर्दै सम्झौता भएको लामो समयसम्म पनि रोजगारीको प्रक्रिया नखुल्नुले आशंका पैदा भएको बताएका हुन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहिसकेका थापाले यसलाई सरकारको कूटनीतिक कमजोरीको रुपमा समेत औंल्याएका छन्।

Ncell 2
Ncell 2

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ‘मेन्सन’ गरी यस विषयमा चासो दिएर छानबिन गर्नु हुन्छ कि? भन्दै प्रश्न गरेका छन्।

मलेसिया सरकारसंग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए।तर,समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु/बन्दरहनु कुटनीतिक कमजोरी देखिन्छ,यसबाट आशंका पैदा भएकोछ।'भेन्डर' परिवर्तनगरि आफ्नालाई दिन मलेसिया नखोलेको संचारमाध्यममा आएको छ। प्रम @kpsharmaoli ले छानविन गर्नुहुन्छ कि?

— Kamal Thapa (@KTnepal) December 3, 2018

राजनीतिक रुपमै चासो बढ्न थालेपछि वैदशिक रोजगारीमा गएका कामदारबाट प्राप्त हुने रेमिट्यान्सको ठूलो हिस्सा ओगटेको मलेसियाको रोजगारीले अब नेपालको संसदसम्मै प्रवेश पाउने सम्भावना रहन्छ। यसअघि नेपालबाट कामदार आपूर्ति हुन बन्द भएपछि मलेसियाको संसदमा बहश भएको थियो।

व्यवसायीहरुको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रम स्वीकृति सुरु गर्न मन्त्रालयसँग माग गरिरहेको छ। संघले ‘कलिङ भिसा’ प्राप्त कामदारलाई आगामी मंसिर १९ गते बुधबार भित्रमा खुल्ला नगरेमा ‘भिसा स्ट्याम्पिङ’ गर्ने प्रक्रिया अघि बढाउन र पूर्व तथा अन्तिम स्वीकृति पेस गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ।

संघले गत मंगलबार विज्ञप्ति जारी गर्दै सबै व्यवसायीलाई सोही निर्देशनअनुसार काम गर्न भनेको छ। मलेसियासँग भएको श्रम समझदारीपछि संयुक्त कार्यदलको बैठकले ‘कलिङ’ भिसा प्राप्त कामदार तत्काल पठाउने सहमति गरेको थियो।

नेपालबाट श्रम सम्झौतापश्चात् पनि कामदार आपूर्ति हुन नसकेको भन्दै मलेसियाली रोजगारदाताहरुले विशेष गरी नेपालको एकाधिकार रहेको सुरक्षा गार्डमा विकल्प खोज्न सरकारलाई दबाव दिइरहेको बताइएको छ।

मन्त्रालयले श्रम स्वीकृति बन्द गर्नुअघि मासिक करिब १० हजार युवा रोजगारीका लागि मलेसिया जाने गरेका थिए। मलेसियाली अर्थतन्त्रमा सुधार आई त्यहाँको मुद्रा ‘रिंगेट’को सटहीदरमा वृद्धि भएपछि पछिल्ला वर्षहरुमा नेपालमा मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको थियो।

मलेसिया सुरक्षा गार्डलगायत अदक्ष नेपाली कामदार जाने प्रमुख रोजगार गन्तव्य मुलुक हो। नेपालसँग हावापानी मिल्ने मलेसियामा हाल करिब ६ लाख नेपाली कामदार रहेको सरकारी अनुमान छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम आइतबार, असोज २६, २०८२
विश्वकप छनोट : नेपालले दियो यूएईलाई १४१ रनको मध्यम लक्ष्य आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्