• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २६, २०८२ Sun, Oct 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसियाको रोजगारी खुलाउन किन सिँगौरी?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  ००:३०
1140x725

काठमाडौं- नेपाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको एक महिना बितिसक्दा पनि त्यहाँको रोजगारी कहिले खुल्छ टुंगो छैन। गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर महिनाबाटै कामदार मलेसिया जान सुरु गर्ने बताएको भएपनि हालसम्मको तयारीले त्यस्तो संभावना क्षीण बन्दै गएको छ। 

_x000D_ _x000D_

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही प्रविधिक विषय टुंग्याउन बाँकी रहेका कारण ढिलो भएको बताउँदै आएको छ। मलेसिया जान प्रतीक्षारत श्रमिक र कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायी भने त्यहाँको रोजगारीप्रति सशंकित हुन थालेका छन्। सरकारले मलेसिया रोजगारी खुलाउने विषयमा कुनै तथ्य सार्वजनिक नगरेपछि मलेसियाको रोजगारीका विषयमा विभिन्न किसिमका टीकाटिप्पणी हुन थालेका छन्। 

_x000D_ _x000D_

मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिडिन्केट लगाउदै आएका बिचौलियाले पुरानै संयन्त्र उल्टाएर संस्था चलाउने चलखेल गरिरहेको खुलासा भएको छ। दुई देशका मन्त्रीबीच श्रम सम्झौतापछि पनि मलेसिया रोजगारी नखुलेपछि बिचौलियाले राजनीतिक आडमै ठुलो आर्थिक प्रलोभन देखाएर त्यहाँ जाने कामदारमाथि पुन सिडिन्केट लाद्ने तयारी गरेका छन्।

_x000D_ _x000D_

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते गरेका थिए। पछिल्लो समय तीनै संस्था सञ्चालक पुनः संस्था ब्युँत्याउन ठुलो चलखेल गरिरहेका छन्। मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्न गिरोह नै सक्रिय रहेको पाइएको छ। 

_x000D_ _x000D_

गत साता मलेसियामा विदेशी कामदार आपूर्ति गर्ने संस्था वार्सिन समूहका निर्देशक याङ अबुल कासिमले नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ‘फोमेमा’ नामक संस्थाबाट गराउन केही व्यवसायीसँग भेटघाट गरेको खुलासा भएको थियो।

_x000D_ _x000D_

उनीसँगै आएका  बंगाली नागरिक हनिफले मलेसियाको नयाँ संयन्त्र आफूले सञ्चालन गर्न लागेको भन्दै बायोमेट्रिक स्वास्थ्य परीक्षण गराउदै आएका केही मेडिकल व्यवसायीसँग संस्था खोल्ने आश्वासन बाँडेका थिए। यो विषयमा श्रम मन्त्रालयले सूचना पाएर पक्राउ गर्ने तयारी गरेपछि उनी भागेका थिए। 

_x000D_ _x000D_

हनिफसँग निकट केही व्यवसायी नयाँ संयन्त्र निर्माण गरी मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने चलखेलमा सक्रिय भएर लागिरहेका छन्। 

_x000D_ _x000D_

गत बुधबार नेपालस्थित मलेसिया दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति जारी गर्न आग्रह गरेको थियो। पत्रमा यसअघि नै भिसा प्रक्रिया पूरा भएका तर मलेसिया जान नपाएका कामदारको प्रक्रिया अघि बढाउन आग्रह गरिएको थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

दूतावासले परराष्ट्रका साथै श्रम मन्त्रालयमा पनि पत्राचार गरेको थियो। उक्त पत्रको जवाफका विषममा श्रम मन्त्रालयले केही प्रतिक्रिया नदिएको श्रम मन्त्रालय स्रोतले उल्लेख गरेको छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपालकै निजी तथा सरकारी अस्पतालबाट गर्ने योजना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए। ‘श्रम मन्त्रालय वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिन्डिकेट हटाउन लागी परेर काम गरिहेको छ।

_x000D_ _x000D_

रोजगारीमा जाने कामदारमाथि एकाधिकार जमाउने खालको सिन्डिकेट मान्य हुँदैन। कुनै संस्था र व्यक्तिले चलखेल गरेको थाहा पाएमा तुरुन्तै कारबाही हुन्छ,’ उनले भने। 

_x000D_ _x000D_

श्रम सम्झौतामा उल्लेख भएका विषय नेपाली र मलेसियाली पक्षले सार्वजनिक गरेका छैनन्। तर भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स हटाएर सेक्युरिटी स्क्रिनिङ र बायोमेट्रिक मेडिकलका ठाँउमा ’मेडिकल एक्जामिनेसन’ राख्ने प्रस्ताव मलेसियाका प्रविधिक कमिटीका सदस्यले गरेका बुझिएको छ।

_x000D_ _x000D_

सो प्रस्ताव नेपालका प्रतिनिधिले अस्वीकार गरेको बताइएको छ। गत महिना दुई देशबीच भएका अस्पष्टताका विषयमा परामर्श गर्न प्राविधिक कार्यदल गठन भएको थियो। कार्यदलको बैठक काठमाडौंमा बसेको थियो।

_x000D_ _x000D_

बैठकमा मलेसियाका प्रतिनिधिले कामदार पठाउँदा यसअघि स्थापना भएका बायोमेट्रिक र भीएलएन लगायत संस्था तत्काल बन्द नगरी तिनै संस्थामा कामदारको स्वास्थ्य परीक्षण गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव नेपाली प्रतिनिधिले अस्वीकार गरेको मन्त्रालयका एक कर्मचारीले बताए। 

_x000D_ _x000D_

त्यसपछि उनीहरुले त्यसको विकल्पमा ग्लोबल टेन्डर गररे नयाँ कम्पनी छान्ने प्रस्ताव गरेका भएपनि नेपालले असहमति जनाएको थियो। पछिल्लो समय मलेसियाका नाममा सिंगौरी चलिरहेको छ। यो विषयमा सम्बन्धीत निकायले बेलैमा ध्यान नदिए कामदार पुनः ठगिने प्रक्रिया सुरु हुने देखिन्छ। 

_x000D_ _x000D_

देशमा रोजगारी सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो छ। हाल दैनिक करिब ९ युवा वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेका छन्।

_x000D_ _x000D_

मलेसियाको रोजगारी गुम्न सक्ने व्यवसायीको शंका 
_x000D_ मलेसिया कामदार आपूर्ति गर्दै आएका रोजगार व्यवसायीले श्रम मन्त्रालयले गम्भीर भएर निर्णय गर्न नसक्दा त्यहाँको रोजगारी गुम्ने खतरा बढ्दै गएको बताएका छन्। 

_x000D_ _x000D_

श्रम मन्त्रालयले सरकारीस्तरमा श्रम सम्झौता गरेर एक महिनासम्म मलेसियाको रोजगारी खुल्ने टुंगो लगाउन नसक्दा मलेसियाको श्रम बजार बन्द हुने आशंका सुरु भएको वैदेशिक रोजगार व्यवयासी कुमद खनालले बताए।

_x000D_ _x000D_

श्रम मन्त्रालयले तत्काल निर्णय नगरे बिचौलियाले ठुलो चलखेल गर्न सक्ने बताउँदै उनले भने, 'श्रम मन्त्रालयले लामो समय लगाएर गरेको मेहेनत खेर जान्छ। मलेसियासँगको श्रम सम्झौता ऐतिहासिक छ। यो विषयमा सबैले ध्यान दिनुपर्छ। कामदारका लागि भनेर भएको सम्झौतामाथि घात नहोस्।’

_x000D_ _x000D_

गएका ७ महिनामा करिब ५० हजार युवा मलेसिया जानबाट बञ्चित भएको व्यवसायीको भनाइ छ। जसमा २० हजारभन्दा धेरै कलिङ भिसा लागेका कामदार रोकिएको उनीहरूले बताउँदै आएका छन्।

_x000D_ _x000D_

मलेसियास्थित नेपाली दूतावासले गत असोज महिनासम्म कामदार माग प्रमाणीकरणको काम गरिहेको थियो। श्रम सम्झौताको मिति तय भएपछि भने प्रमाणीकरण रोकिएको छ।
_x000D_   
_x000D_ बायोमेट्रिक, भीएलएन, ओएससी, जिएसजी र माइग्राम्स बन्द भएपछि मलेसियाको श्रम स्वीकृति रोकिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्