काठमाडौं– मनास्लु क्षेत्रमा पर्ने हिमलुङ हिम पहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटिएका हुन्।
उद्धार टोलीका संयोजक तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार अत्यन्त कठिन भौगोलिक तथा मौसमी परिस्थितिका बीच खोज तथा शव निकाल्ने कार्य जारी छ।
एनएनएमजीएको खोज तथा उद्धार टोलीले हिमालयन होलिडेजसँगको समन्वयमा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
टोलीमा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीसहित अनुभवी आरोहण गाइड तथा उद्धारकर्मीहरू सहभागी छन्।
संघले घटनासम्बन्धी थप विवरण पुष्टि भएपछि सार्वजनिक गरिने जनाएको छ।
हिमलुङ हिमालको आधार शिविरमा आएको हिम पहिरोमा परेका १६ जनामध्ये ११ जनाको शव फेला परेको छ। अझै पाँच जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।