काठमाडौं– निर्मलाका निम्ति न्याय माग्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ। दिउँसो १२ बजे माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले 'अझै सरकार देख्नुभएन?' भन्दै गरेको प्रश्नप्रति प्रदर्शनकारीले व्यंग्य गरेका थिए। उनीहरुले 'सरकार भेटियो, न्याय भेटिएन' भन्दै सरकारप्रति आक्रोश पोखेका थिए।
प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा 'बादल'को राजीनामा मागेका थिए।
गत साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मलाको शब भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो। त्यसयता उनको न्यायको माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।