काठमाडौं- अध्यक्ष मण्डलको संयोजक परिवर्तनपछि पहिलोपटक राजपाअध्यक्ष मण्डलको बैठक शुक्रबार बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।
_x000D_
_x000D_
मंसिर ४ मा बसेको अध्यक्ष मण्डलको बैठकले राजपा गठनपछि डेढ वर्षभन्दा बढी संयोजक रहेका महन्थ ठाकुरलाई परिवर्तन गरी राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिएको थियो। त्यसयता राजपामा विवाद बढ्दै गएको छ। फलस्वरूप बैठक बस्न सकेको थिएन।
_x000D_
_x000D_
आज बस्ने बैठकले महाधिवेशन र आन्तरिक व्यवस्थापनका लागि केही आवश्यक निर्णयहरू गर्न सक्ने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।