काठमाडौं- नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ। दुई देशबीच हवाई रुटका विषयमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको हो।
_x000D_
_x000D_
पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले सम्झौतामा हस्ताक्षर गरेको हो। कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको नागरिक उड्डयन प्राधिकरण मन्त्रालका उपसचिव प्रमाेद नेपालले जानकारी दिए ।
_x000D_
_x000D_
सातामा १४ वटासम्म उडान गर्न पाउने गरी नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ। मन्त्रालयले कम्बोडियासँग हवाईसहित कार्गो उडानमा समेत सम्झौता गरेको हो। कार्गो उडानमा भने कुनै सीमा तोकिएको छैन।
_x000D_
_x000D_
दुवै देशबीच हुने हवाई सम्झौतामा सातामा दुवै देशबाट १४-१४ उडान हुनेछन्।
_x000D_
_x000D_
यो पनि पढ्नुहोस्
_x000D_
_x000D_
सातामा अधिकतम १४ उडान गर्ने गरी कम्बोडियासँग हवाई सम्झौता
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।