काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव कृष्ण देवकोटाले चार महिना अगाडि मात्रै खरिद गरिएको वाइडबडी विमानको स्वामित्व नेपाल एयरलान्सकै नाममा रहेको बताएका छन्।
_x000D_
_x000D_
शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिँदै सचिव देवकोटाले वाइडबडी विमानको मालिक नेपाल एयरलाइन्स रहेको प्रष्ट पारेका हुन्। ‘विमान खरिदका विषय कुनै एक मन्त्रीको पालामा मात्रै सकिएको छैन’, सचिव देवकोटाले भने, ‘विमान खरिद प्रक्रिया सुरु भएर विमान नेपाल आउँदासम्म विभिन्न समयमा विभिन्न निर्णयमा ४ जना सचिवसमेत सहभागी भइसकेका छन्।’
_x000D_
_x000D_
विमान खरिदको विषयमा समतिले अध्ययन गर्नु अति नै सकारात्मक पक्ष भएको समेत उनको भनाइ छ। समितिलाई विमान खरिदको विषयमा अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन आवश्यक पर्ने हकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल एयरलाइन्सका कर्मचारीले समेत सहयोग गर्न तयार रहेको उनले जिकिर गरे।
_x000D_
_x000D_
समितिको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विमान खरिद प्रक्रियाको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री अधिकारीले विमान खरिदको विषयमा समितिले मागेका सबै कागजात २४ घन्टा भित्रै उपलब्ध गराउने बताए।
_x000D_
_x000D_
‘नेपाल एयरलाइन्स सुधारको बाटोमा छ। सोचअनुरुपको सुधार देखिन भने केही काम गर्न बाँकी छ। तर, अनावश्यक रुपमा काममै असर पर्नेगरी नकारात्मक सन्देस प्रचार भइरहेको हुँदा जतिजक्दो छिट्टो संसदीय समितिहरुले पनि छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने।
_x000D_
_x000D_
समितिको छलफलमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व उपप्रधामन्त्री भीम रावल, पूर्व उपप्रधानमन्त्री प्रकाशमान प्रकाशमान सिँह, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, नारदमुनि राना, पुष्पा भुसाल, अग्नि खरेल, दिव्यमणि राजभण्डारी लगायतले विमान खरिदको विषयमा सरोकारवाला निकायसँग प्रश्न गरेका थिए।
_x000D_
_x000D_
समितिको छलफलमा बोल्ने अधिकांश सांसदले वाइडबडी विमान भाडामा ल्याइएको हो की खरिद नै गरिएको हो? विमान ल्याउने बित्तिकै किन ग्राउन्डेड भए? विमानको बीमा गरिएको छ की छैन? विमानको वारेन्टी छ की छैन? हामीलाई वाइडबडी विमान आवश्यकता थियो की थिएन? विमान ल्याउँदा व्यवसायिक योजना बनेको छ की छैन? नयाँ गन्तव्यको विषयमा कुरा कहाँ रोकिएको छ? लगायतका प्रशन सोधेका थिए।
_x000D_
_x000D_
सांसदहरुको प्रश्नमा नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले समेत विमानको स्वामित्व नेपाल एयरलाइन्सको नै भएको स्पष्ट पारेका थिए। साथै, समितिले विमान खरिदको विषयमा गर्ने छानबिनका लागि आवश्यक पर्ने सबै कागजातसमेत दिने प्रतिबद्धता गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।