काठमाडौं- खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ। विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार महानिर्देशकको पद बहाली ग्रहण गरेका छन्।
_x000D_
_x000D_
पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए। केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले दाबी गरे।
_x000D_
_x000D_
दास २०७१ फागुन देखि विभागको उपमहानिर्देशक पदमा कार्यरत थिए। २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।