ad

कोरियामा नेपाली : आत्महत्या घटाउन परामर्श

शिव भुसाल

Nepal Live

दक्षिण कोरिया– कोरियामा नेपालीहरूमा देखिएको बढ्दो तनाव, डिप्रेसन र त्यसका कारणले हुने आत्महत्याको न्यूनीकरणका लागि २ दिने परामर्श कार्यक्रम गरिने भएको छ।

नेपाली दुतावास दक्षिण कोरियाले गर्न लागेको उक्त कार्यक्रमका लागि प्रमुख परामर्शदाताका रुपमा नेपालबाट वरिष्ठ मनोविज्ञ केदार बहादुर रायमाझी आउने दुतावासले जनाएको छ। 

साइकोलोजी विषयमा स्नातकोत्तर गरेका रायमाझीले यसअघि पनि भैँसेपाटी स्थित  व्यावसायिक तथा सीप विकास केन्द्रमा कोरिया आउने नेपालीलाई प्रशिक्षण दिँदै आएका थिए।

कार्यक्रम आगामी डिसेम्बर १ र २ गरी २ दिनसम्म चल्ने दुतावासले जनाएको छ। डिसेम्बर १ को पहिलो कार्यक्रम छानान माइग्रेन्ट सेन्टरमा गरिने र दोस्रो दिनको कार्यक्रम मोप्पोस्थित हुन्दाई साम्गो हेभी इन्डष्ट्रिजमा गरिने तय भएको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

हुन्दाई साम्गो हेभी इन्डष्ट्रिजमा मात्र १ सय ४० नेपाली कार्यरत छन्। 

कोरियामा पछिल्ला वर्षमा आत्महत्याको शृङ्खला बढिरहेको छ। नयाँ वर्ष यता ११ महिनामा आत्महत्या गर्ने नेपालीको संख्या ६ पुगेको छ। 

यसलाई न्यूनीकरण गर्नका निम्ति परामर्श गर्नुपरेको बाँस्तोलाले बताए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने