काठमाडौं- भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बारे औपचारिक निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक सुरू भएकाे छ। शनिबार बसेको बैठक नेताहरुको असहमति र नेविसंघका दुई समुहबीचको नाराबाजीले पाँच मिनेट मात्र बसेर अाज २ बजेका लागि तय भएको थियो। तर निर्धारित समय भन्दा करीव ५ घन्टा ढिलो गरी बैठक सुरु भएको हो।
_x000D_
_x000D_
केन्द्रीय कार्यालय सानेपामा सुरू भएकाे बैठकमा अाज सकिएको नेविसंघको पदावधि तीन महिना थप गर्ने कांग्रेस स्रोतको भनाइ छ। यसअघि तीन महिना थप गरिएको समय पनि आइतबार सकिएकाले अनिवार्य रुपमा अाजै निर्णय लिनुपर्ने बाध्यता कांग्रेसलार्इ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।