• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ट्याक्सी दर्तामा नयाँ मापदण्ड, मन्त्री महासेठलाई रिझाउन व्यापारीहरुको तँछाडमछाड

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ११:३४
1140x725

काठमाडौं– सरकारले ट्याक्सी सञ्चालन र दर्ता प्रक्रिया व्यवस्थित बनाउन भन्दै नयाँ मापदण्ड बनाउने गृहकार्य थालेको छ। मापदण्ड निर्माण प्रक्रियासँगै ‘अटोमोबाइल्स’ व्यापारीहरुले मापदण्ड आफ्नो पक्षमा पार्न चलखेल सुरु गरेका छन्।

_x000D_ _x000D_

यातायात व्यवस्था विभागले ट्याक्सी सञ्चालनमा सरकारले नै सिन्डिकेट गरेको भन्दै विरोध हुन थालेपछि पहिलो पटक ट्याक्सी सञ्चालन र दर्ताका लागि नयाँ मापदन्ड निर्माण गर्न लागेको हो। यसअघि २०७२ सालमा यातायात व्यवस्था विभागले ट्याक्सी व्यवस्थापनबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो।

_x000D_ _x000D_

ट्याक्सी दर्ता र सञ्चालनका लागि नयाँ मापदण्ड तय गर्ने गरी अध्ययन गर्न विभागले कार्यदलसमेत गठन गरिसकेको छ। नयाँ मापदन्ड तय गर्ने जिम्मा यातायात व्यवस्था विभागका प्राविधिक इन्जिनियर प्रेमबहादुर सिंहको टोलीलाई दिइएको छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठका निकट मानिने सिंहलाई नयाँ ट्याक्सी सञ्चालन तथा दर्ताको मापदण्ड बनाउने जिम्मा दिइएको हो।

_x000D_ _x000D_

जिम्मेवारी पाएका सिंह मन्त्री महासेठकै रोजाइमा पर्दै विभागका निमित्त महानिर्देशकसमेत भइसकेका थिए।

_x000D_ _x000D_

‘व्यवसायीहरु यतिबेला मापदण्ड आफ्नो पक्षमा पार्ने र ठूलो संख्यामा ट्याक्सी थप्ने दाउमा देखिएका छन्’, विभागका एक पूर्व महानिर्देशकले भने, ‘व्यापारीहरु ब्रिफकेस लिएर दौडाहामा छन्। प्रत्येक नयाँ ट्याक्सीमा न्युनतम २० हजार बुझाउन उनीहरु तयार छन्।’

_x000D_ _x000D_

नेपालमा मारुती–सुजुकी, टाटा र हुन्डाईका ट्याक्सीहरु चल्छन्। यसमध्ये ९० प्रतिशतभन्दा बढी मारुती–सुजुकीका ट्याक्सीहरु सडकमा गुड्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको ‘ट्याक्सी व्यवस्थापन कार्यदलको प्रतिवेदन २०७२’ पूर्ण कार्यान्वयन भइसकेको छैन। यस्तो अवस्थामा व्यवसायीसँगको मिलोमतोमा मन्त्री महासेठले नयाँ ट्याक्सी सञ्चालनको मापदन्ड ल्याउन लागेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो प्रतिवेदन आउनुअगाडि नेपालको ट्याक्सी बजारमा मारुती–सुजुकीको मात्र एकाधिकार थियो। प्रतिवेदन सार्वजनिक भएपश्चात् आंशिक मात्रामा भए पनि बजारमा हुन्डाई र टाटाका ट्याक्सीले प्रवेश पाए।

_x000D_ _x000D_

विभागले नयाँ ट्याक्सी दर्ता तथा सञ्चालनको नयाँ मापदन्ड ल्याउने तयारी गरेसँगै पुरानो ट्याक्सीको सट्टामा नयाँ ट्क्यासी दर्तामा समेत रोक लगाइसकेको छ। विभागले कात्तिक १६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भन्दै सट्टापट्टा गरी ट्याक्सी दर्तामा रोक लगाएको हो।

_x000D_ _x000D_

नयाँ ट्याक्सी मापदण्ड तय गर्नका लागि गठित कार्यदलको जिम्मा पाएका प्रेमबहादुर सिंहसँग नेपाल लाइभले ‘नयाँ ट्याक्सी दर्ता तथा सञ्चालनका लागि मापदण्ड कस्तो बन्दै छ?’ भन्ने प्रश्न गरेको थियो।

_x000D_ _x000D_

हाम्रो प्रश्नमा सिंहले ट्याक्सी सञ्चालन तथा दर्ताको विषयमा कार्यदलले कस्ता ट्याक्सी सञ्चालन गर्ने, कति इन्जिन क्षमताको सवारीलाई ट्याक्सीको रुपमा सञ्चालन गर्ने, ट्याक्सीमा कस्ता सुविधा हुने भन्ने विषयमा अध्ययन थालेको जानकारी दिए। उनले भने, ‘अब ट्याक्सी सञ्चालनमा वर्गीकरण गर्नेगरी नयाँ मापदन्ड आउने छ।’

Xtrem

Xtrem
_x000D_ _x000D_

नयाँ मापदण्डमा ट्याक्सी सञ्चालनमा सूचना प्रविधीमैत्री व्यवस्था तय गरिने जानकारी संयोजक सिंहले दिए। अहिले दर्ता भई सञ्चालनमा रहेका ट्याक्सीको हकमा भने यो लागू हुन नसक्ने उनको जिकिर छ। ‘पुरानो मापदण्डमा ट्याक्सी दर्तामा साधारण, डिलक्स र सुपर डिलक्सको कुरा उल्लेख भएपनि कुनै पनि कुरा स्पष्ट खुलाइएको छैन’, सिंहले भने, ‘अब आउने नयाँ ट्याक्सी दर्ता मापदन्डमा सबै कुरा स्पष्ट खुल्ला हुन्छ।’

_x000D_ _x000D_

यसैबीच व्यवसायीले भने आफ्नो सवारीको इन्जिन क्षमताअनुसार नयाँ मापदण्ड बन्नुपर्ने भन्दै मन्त्री महासेठसँग ‘लबिङ’ सुरु गरेका छन्। कतिपयले थोरै सिसी र कतिपयले भने धेरै सिसीका सवारीलाई मात्रै ट्याक्सीका रुपमा प्रयोग गर्नुपर्छ भन्दै दबाव दिन थालेको बताइन्छ।

_x000D_ _x000D_

यसबाट प्रष्ट हुन्छ की व्यवसायीको स्वार्थपूर्ति हुनेगरी विभागले नयाँ मापदन्ड तय गर्ने तयारी गरेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

उपत्यकामा अहिले करिब ९ हजारको संख्यामा ट्याक्सी सञ्चालनमा छन्। जसमा २०५७ साल अगाडि दर्ता भएका ५ हजार ६ सय ६० वटा ट्याक्सी पनि पर्दछन्। त्यसपछि २०७२ मा आम नागरिक, स्वरोजगार र व्यवसायीका लागि खुल्ला गरिएको १ हजार ८ सय ५० मध्ये दर्ता भएका १ हजार ८ सय ३० र दोस्रो पटक खुल्ला गरिएको १ हजार ५ सयमध्ये दर्ता भएका १ हजार ४ सय ६८ वटा मात्रै ट्याक्सी उपत्यकाभित्र सञ्चालनमा छन्।

_x000D_ _x000D_

२०५७ सालपछि लामो समयदेखि ट्याक्सी सञ्चालनमा रहेको सिन्डिकेट अन्त्यकै लागि तत्कालीन यातायात व्यवस्था विभागले २०७२ मा १ हजार ८ सय ५० वटा ट्याक्सी थप्ने निर्णय गरेको थियो। त्यसपछि भूकम्प पीडितका लागि पुनः १ हजार ५ सय ट्याक्सी दर्ता खुल्ला भएको थियो।

_x000D_ _x000D_

त्यसपछि भने सरकारले यसअघि नै ट्याक्सी व्यवसायी गर्दै आएका ‘सिन्डिकेटधारी’लाई व्यवसायीमा राखिराख्ने गरी पुरानो ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता गराइरहेको थियो।

_x000D_ _x000D_

यसरी ट्याक्सी दर्ता गर्दा सिन्डिकेट भएको भन्दै विरोध भएपछि फेरि सरकारले अध्ययन गर्दै एकैपटकमा उपत्यका तथा देशभर आवश्यक संख्याका आधारमा नयाँ ट्याक्सी दर्ता खुला गर्न लागेको छ। यसरी ट्याक्सी दर्ता खुला गर्नु राम्रो भएपनि नयाँ मापदण्ड प्रभावित पार्न व्यवसायीले भने चलखेल सुरु गरेको बताइन्छ।

_x000D_ _x000D_

तर, यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरु भने नयाँ ट्याक्सी दर्तामा इन्जिन क्षमता ८ सय सीसी हुनुपर्ने पुरानो मापदन्डको अन्त्य हुनुपर्ने मत राख्छन्। नयाँ भन्ने बित्तिकै पुरानो कुराको संसोधन हुनपर्छ। नयाँ ट्याक्सी मापदण्डमा १ हजार सीसीभन्दा कमको सवारीलाई ट्याक्सीको रुपमा प्रयोग गर्न दिनु नहुने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्