• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रपति भण्डारीबारे यस्ता १२ विवाद

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  १२:२६
1140x725

काठमाडौं- नेपालको दोश्रो राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारी २०७२ कार्तिक ११ मा निर्वाचित भएकी थिइन्। कम्युनिस्ट पृष्ठभूमि तथा महिला आन्दोलनमा लामो समय बिताएका कारण उनीप्रति धेरैले गौरव बोध गरे।

_x000D_ _x000D_

पहिलो कार्यकालमा राजनीतिक रुपमा कम विवादित भएका कारण उनले दोस्रो पटक पनि राष्ट्रपति बन्ने मौका पाइन्। ०७४ फागुन २९ मा भएको निर्वाचनमा विजयी हुँदै उनले दोस्रो कार्यकालको सुनिश्चित गरिन्।

_x000D_ _x000D_

पहिलो कार्यकालको २८ महिना र दोस्रो कार्यकालको ८ महिनामा राष्ट्रपति भण्डारीको कैयौं क्रियाकलाप विवादित हुँदै गएको छ। राष्ट्रपति तथा उनको कार्यालयसँग जोडिएका आउने समाचारहरुले आम मानिसलाई आक्रोशित तुल्याउने गरेका छन्। सामाजिक सञ्जालमा आम असहमतिको छनक पाउन सकिन्छ। असहमतिको केन्द्रमा हुन्छ– राष्ट्रपति पनि राजा जस्तै भइन्।

_x000D_ _x000D_

हुन पनि राष्ट्रपतिको व्यवहार पूर्व राजपरिवारलाई झल्को दिने खालकै छ। सेनालाई जुत्ता चप्पल बोकाउने, सडकका मानिसलाई असर पुग्ने गरी राजशैलीमा बाटो कब्जा गर्ने, विलासी सामानप्रति मोह देखाउने उनको व्यवहारको सार्वजनिक रुपमा आलोचना हुँदै आएको छ। व्यक्तिगत रुपमा उनको चासो कति हो, त्यसबारेमा आधिकारिक धारणा पाउन सकिन्न तर उनीसँग जोडिएका अनेक क्रियाकलापले आम मानिसलाई निराश बनाउँदै लगेको छ।

_x000D_ _x000D_

सन्दर्भ १– सेनाका जवानलाई जुत्ता

_x000D_ _x000D_

पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ मा राष्ट्रपति विद्या भण्डारी धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवतीको मन्दिर पुगेकी थिइन्। त्यहीँ उनको तथा उनका दुई छोरीहरु उषाकिरण र निशाकुसुमका जुता र चप्पल सेनाका जवानले बोकेको फोटो सार्वजनिक भयो। जनताको छोरीलाई राष्ट्रपति बनाएको तर जुत्ता बोक्नै नसक्ने रहिछिन् भनेर सामाजिक सञ्जालमा उनको निकै आलोचना भयो।

_x000D_ _x000D_

_x000D_ _x000D_

सन्दर्भ २– 'बम प्रुफ' भवन

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२०७३ को माघमा राष्ट्रपति अत्याधुनिक भवनमा सरेकी थिइन्। राष्ट्रपतिको लागि बनाइएको भवन ‘बम प्रुफ’ हो। बम प्रतिरोधी घर ६२ करोड लागतमा बनेको थियो। शितल निवासको एक सय आठ रोपनी जग्गामध्ये उनको लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ। भूकम्प पीडित जनताले सामान्य झुप्रोमा जाडो र वर्षा काटिरहनुपरेको यथार्थका बीच राष्ट्रपति भने 'बम प्रुफ' घरमा बस्न थालेपछि आलोचना स्वभाविक बनेको थियो। जनताको राष्ट्रपतिलाई कोबाट असुरक्षा छ भन्दै प्रश्न उठेका थिए।

_x000D_ _x000D_

सन्दर्भ ३– अध्यादेश किन रोकियो?

_x000D_ _x000D_

राष्ट्रपतिका केही संवैधानिक अधिकार छन्। तर सो पदको मुख्य दायित्व भनेको कार्यपालिकाको कामलाई प्रमाणित गर्नु हो। तर, राष्ट्रपतिको अघिल्लो कार्यकालमा चिकित्सा शिक्षा अध्यादेशलाई बिना कारण नै लामो समय रोकेर राखिदिइन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष २०७४ कार्तिक ६ मा पठाएको थियो।

_x000D_ _x000D_

तर सो राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण वा फिर्ताको कुनै जानकारी नभएपछि डा गोविन्द केसी, ओमप्रकाश शर्मा, डा अभिषेकराज सिंह लगायतले सूचनाको निवेदन दर्ता गराएका थिए। अत्यावश्यक अध्यादेशलाई राष्ट्रपतिले रोकेको भन्दै त्यस समय प्रधानमन्त्री देउवाले आपत्ति जनाएका थिए। सरकारको आपत्तिपछि राष्ट्रपति भण्डारीले कार्तिक २४ मा बल्ल अध्यादेश प्रमाणीकरण गरिन्। उनलाई आफ्नो पूर्व दल नेकपा एमालेको पक्षमा उभिएको आरोप समेत लाग्यो।

Xtrem

Xtrem
_x000D_ _x000D_

सन्दर्भ ४– मुद्दा नै चलाउन नमिल्ने व्यवस्था

_x000D_ _x000D_

राष्ट्रपति तथा उपराष्ट्रपतिले पदीय काम कारबाहीबारे अदालतमा मुद्दा चलाउन नपाइने व्यवस्था भएको कानुन पनि विवादमा परेको थियो। उक्त कानुन तत्कालीन संसदबाट ०७४ असोज ३ गते पारित भई सोही महिनाको २७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको व्यवस्था भए पनि नेपालमा भने पूर्व राजपरिवारले पाएको विशेषाधिकारसँग जोडेर आलोचना गरियो।

_x000D_ _x000D_

सन्दर्भ ५– सवारीको सकस

_x000D_ _x000D_

_x000D_ _x000D_

राष्ट्रपति भण्डारीको सवारी आवागमन पूर्व राजाको शैलीमा भएको भन्दै आलोचना हुने गरेको छ। सवारी आवागमनमा सर्वसाधारणले सास्ती भोगेपिच्छे यस्तो आलोचना सुनिने गरेको छ। गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने सवारी हुने गरेको भन्दै अघिल्ला राष्ट्रपति रामवरण यादवकै पालादेखि आलोचना भइरहे पनि विकल्प भने केही सोचिएको छैन।

_x000D_ _x000D_

सन्दर्भ ६– राष्ट्रियसभा सदस्यको नाम रोकियो

_x000D_ _x000D_

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शेरबहादुर देउवाको सरकारले राष्ट्रियसभाका लागि मनोनित गरेका तीन सदस्यको नाम प्रमाणीकरण नगरी रोकेर राखिदिइन्। सो सरकारले कृष्णप्रसाद पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतको नाम राष्ट्रपति समक्ष ०७४ माघ २६ गते सिफारिस गरेको थियो। परामर्शका लागि समय भन्दै उनले रोकेकी थिइन्।

_x000D_ _x000D_

तर नयाँ सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने दिन नजिकिँदै जाँदा राष्ट्रपतिले सोही सरकारलाई सघाउ पुगोस् भन्ने हेतुले प्रमाणीकरण नगरेको भन्दै आलोचना भयो। उनले आलोचनाको वास्ता गरिनन्। अन्ततः ०७४ फागुन ३ मा गठन भएको ओली नेतृत्वको सरकारले पुरानो नाम खारेज गरिदियो। र केही दिनमै नयाँ नाम राष्ट्रपतिकोमा पठायो। राष्ट्रपतिले केही घण्टामै त्यसलाई प्रमाणीकरण गरिदिइन्। नयाँ सरकारले डा युवराज खतिवडा, रामनारायण विडारी र विमला राई पौडेललाई सिफारिस गरेको थियो।

_x000D_ _x000D_

सन्दर्भ ७– पदमुक्त प्रधानन्यायाधीशसँग सपथ

_x000D_ _x000D_

_x000D_ _x000D_

तस्बिरः राष्ट्रपति कार्यलयको वेबसाइट

_x000D_ _x000D_
_x000D_

प्रधानन्यायधीशबाट बर्खास्तमा परेका विवादित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग राष्ट्रपतिले लिएको सपथ विवादमा परेको थियो। ०७४ फागुन २९ मा राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति भण्डारीले ३० फागुनमा पराजुलीसँग सपथ लिएकी थिइन्।

_x000D_ _x000D_

सन्दर्भ ८– घुँडा टेकाएर टीका

_x000D_ _x000D_

यस वर्षमा राष्ट्रपति निवासमा टीका ग्रहणका लागि पुगेका व्यक्तिहरुप्रति दुई थरि शैली अपनाएपछि राष्ट्रपति विवादमा परिन्। पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर टीका थापिरहेको फोटो सार्वजनिक भएको थियो। केही व्यक्तिलाई कुर्सीमा राखेर र केहीलाई घुँटा टेकाएर टीका लगाएपछि राष्ट्रपति भण्डारीलाई पूर्व राजपरिवारको नक्कल गरेको आरोप लाग्यो।

_x000D_ _x000D_

सन्दर्भ ९– साँघुरो भयो राष्ट्रपति कार्यालय

_x000D_ _x000D_

राष्ट्रपतिको प्रयोगका लागि हेलिप्याडको जग्गा अभाव भएको भन्दै राष्ट्रपति कार्यालयसँगै जोडिएको प्रहरी प्रतिष्ठान खालि गर्न लागेपछि राष्ट्रपति भण्डारी नयाँ विवादमा मुछिएकी छिन्। १ सय ९३ रोपनीमा फैलिएको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपति कार्यालय विस्तार गरिने भएको छ। राष्ट्रपति कार्यालयका लागि प्रहरी प्रतिष्ठान सारिन लागेकोमा प्रहरीका पूर्व उच्च पदस्थ तथा नागरिक समाजले विरोध गरेको छ।

_x000D_ _x000D_

सन्दर्भ १०– विलासी गाडी

_x000D_ _x000D_

राष्ट्रपतिको लागि ‘विलासी’ गाडी खरिद गरिने भएपछि उनलाई व्यंग्य गर्न थालिएको छ। राष्ट्रपतिको सुरक्षाका लागि भन्दै गाडी खरिद गर्न लागिएको हो। सेना मार्फत किन्न लागिएको विलासी गाडीको लागि १८ करोड खर्च हुने समाचार सार्वजनिक भएको छ।

_x000D_ _x000D_

सन्दर्भ ११– राष्ट्रपति कार्यालय 'पार्टी प्यालेस'

_x000D_ _x000D_

_x000D_ _x000D_

तस्बिरः सामाजिक सञ्जाल

_x000D_ _x000D_
_x000D_

२०७३ माघको ३ मा भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको राष्ट्रपति निवासबाट बिहे भएको थियो। राष्ट्रपति कार्यालयबाट छोरीको बिहे गरिएको घटनामा आम सर्वसाधारणले असन्तुष्टि जनाएका थिए। सर्वोच्च पदमा आसिन व्यक्तिले आफ्नो कार्यकक्षलाई 'पार्टी प्यालेस'मा रुपान्तरण गरिएको भनी आलोचना भएको थियो।

_x000D_ _x000D_

सन्दर्भ १२– धर्म निरपेक्ष देशकी धार्मिक राष्ट्रपति

_x000D_ _x000D_

नेपाल संविधानतः धर्म निरपेक्ष मुलुक हो। व्यक्तिगत रुपमा राष्ट्रपति जुनसुकै धर्मको हुनसक्ने र आफ्नो धार्मिक आस्था अनुसारको व्यवहार गर्नु उचित मानिन्छ। तर राष्ट्रपति भण्डारीको व्यवहार राष्ट्रपतिकै रुममा हिन्दू धर्म सापेक्ष हुने गरेका छन्। राष्ट्रपतिकै रुपमा उनी मन्दिरमा पुग्दा अन्य तिर्थालुले भने दुःख पाउने गरेका छन्। राष्ट्रपतिको यस किसिमको व्यवहारको आलोचकहरुले उनले धर्म निरपेक्षताको खिल्ली उठाएको बताउने गरेका छन्।

_x000D_ _x000D_

 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्