काठमाडौं– ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ।
_x000D_
_x000D_
ललितपुर महानगरपालिकाका नगरप्रमुख (मेयर) चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिए। १३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसिटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
मेयर महर्जनले सिसिटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको पनि बताए।
_x000D_
_x000D_
मेयर महर्जनले ट्राफिक बत्ती व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको स्मरण गराए। राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाइट व्यवस्थापनको कामले गति लिन नसकेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।