काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
_x000D_
_x000D_
नेता सापकोटाले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले बलियो सरकारले जनअपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको जिकिर गरे।
_x000D_
_x000D_
जनताले असाध्यै अपेक्षा गरेको बलियो सरकारले मूलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाइ छ।
_x000D_
_x000D_
नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समीक्षा गर्ने जानकारी दिए। पार्टीको संगठन एकीकरणसम्बन्धी विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाइ थियो। नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धी कार्यदलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।