काठमाडौं- अाइतबार पदावधि सकिएर विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघको पदावधि तीन महिना थप गर्ने गरी नेपाली कांग्रेसले निर्णय गर्ने भएको छ। हाल नेविसंघको विधानमा तीन महिनासम्म म्याद थप गर्न सकिने व्यवस्था छ। तर यसअघि नै तीन महिना थप भइसकेको वर्तमान कार्यसमितिको म्याद अाइतबार सकिँदैछ।
_x000D_
_x000D_
तीन महिना थप गरिएको समयमा पनि अधिवेशन हुन नसकेपछि थप तीन महिना म्याद थप गर्न लागिएको हो। हाल तीन महिना म्याद थप गर्न सकिने विधानको व्यवस्थालाई संशोधन गरी ६ महिना बनाउन लागिएको नेपाल लाइभसँग कुरा गर्दै एक नेताले बताए।
_x000D_
_x000D_
विधान संशोधन गर्न पार्टीको निर्देशक समितिको बैठक केन्द्रीय कार्यसमिति बैठकभन्दा अगावै बस्ने भएको छ। अाज बसेको केन्द्रीय समितिको बैठक अाइतबार २ बजे बस्ने गरी बिना निष्कर्ष टुंगिएको थियो।
_x000D_
_x000D_
विगतमा तदर्थ समिति गठन गर्दा वर्षौंसम्म पनि महाधिवेशन हुन नसकेकोले यसै कार्यसमितिबाट महाधिवेशन गराउनेमा अधिकांश नेताको मत मिलेको छ।
_x000D_
_x000D_
विधानलाई संशोधन गर्न आज समय अभाव भएकाले आईतबार पुनः बैठक बसेर टुंगाउने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।