इटहरी– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए।
_x000D_
_x000D_
आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा प्रष्ट पारेका छन्। आफू लामो समयदेखि घाँटीको समस्या झेल्दै आएको र नेपालमा त्यसको उपचार असम्भव भएपछी विदेश जानु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
राईको विदेश भ्रमणको तीव्र आलोचना भइरहेको बेला उनले आफ्नो स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारबारे आफूलाई राम्रोसँग थाहा भएको बताए।
_x000D_
_x000D_
‘यसमा मेरोे गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता आधारहीन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु,' उनले भने।
_x000D_
_x000D_
आफूले उपचार तथा निजी भ्रमणको सम्बन्धमा कार्तिक ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय गराइ सोही बमोजिम संघीय सरकारलाई जानकारी गराएर कार्तिक १६ गते बैंककमा उपचार पश्चात अमेरिका गएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
_x000D_
_x000D_
त्यस्तै, आफू प्रदेश सरकारको प्रमुख भएको नाताले निजी काम र भ्रमणमा जादाँ वा औपचारिक भ्रमणमा जादाँ अपनाउनु पर्ने प्रक्रिया र लिनु पर्ने निर्णय, अनुमति वा जानकारीको सम्बन्धमा अवगत भएको कारणले आफुले बिचार पुर्याएरनै भ्रमण गरेको उनको भनाइ छ।
_x000D_
_x000D_
‘उपचारको अन्तिम रिर्पोट नोभेम्बर १२ अर्थात कार्तिक २६ मा मात्र प्राप्त हुने भएको हुँदा पूर्व निर्णय अनुसार बाँकी अवधिको लागि अमेरिका गएको हुँ,'
_x000D_
_x000D_
विज्ञप्तीमा उनले भनेका छन्, 'प्रक्रिया पूरा गरेर प्रेसलाई समेत जानकारी गराइ म अमेरिका गएको हुँ।' व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफूले कुटनैतिक राहदानी (रातो पासपोर्ट)को प्रयोग नगरेकाे मुख्यमन्त्री राईले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।