काठमाडाैं– निर्वाचित कार्य समितिबाट १२ औं महाधिवेशन हुनुपर्ने अडानमा रहेका नेविसंघ पदाधिकारीको इच्छा विपरित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तदर्थ समितिमा जोड दिएको छ।
_x000D_
_x000D_
आइतबारबाट वर्तमान कार्य समितिको कार्यकाल सकिन लागेको छ। संघका सभापति र महामन्त्री वर्तमान कार्य समितिबाट नै १२ औं महाधिवेशन हुनुपर्ने पक्षमा छन्।
_x000D_
_x000D_
वर्तमान कार्य समितिले समयमा महाधिवेशन गर्न नसकी जिम्मेवारी निर्वाह गर्न नसकेकाले विघटन गर्नुपर्ने पक्षमा पौडेल समूह छ। संघको वर्तमान नेतृत्वको मुख्य भूमिकामा पार्टी सभापति शेर बहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थी नेता छन्।
_x000D_
_x000D_
११ औं महाधिवेशनमा सभापतिमा पराजित पौडेल पक्षका विद्यार्थी नेता मनोजमणी आचार्यलाई तदर्थ कार्य समितिको जिम्मेवारी दिनुपर्ने उक्त समयको जोड छ।
_x000D_
_x000D_
पौडेल पक्षका नेता नविन्द्रराज जोशीले भने, ‘वर्तमान कार्य समिति असफल भएकाले सभापतिमा पराजित उम्मेदवारको नेतृत्वमा १२ औं महाधिवेशन हुनुपर्छ।’
_x000D_
_x000D_
भाद्र २ मा सकिएको वर्तमान कार्यसमितिको अवधि तिन महिना थप गरी आइतबार सम्मलाई लम्ब्याइएको थियो। दुई वर्षे कार्यकालमा महाधिवेशन हुन नसके विशेष परिस्थिति जनाई तिन महिना अवधि थप्न सकिने विधानमा व्यवस्था छ।
_x000D_
_x000D_
तर, आइतबारदेखि थपिएको अवधि पनि सकिँदैछ। विधानतः नेविसंघको वैधानिकता आइतबार देखि सकिँदैछ।
_x000D_
_x000D_
यसैबीच, युुवा नेताको आज बसेको बैठकमा नेविसंघको म्याद थप्ने वा तदर्थ समिति गठन गर्नेमा मतैक्यता हुन सकेको छैन।
_x000D_
_x000D_
केन्द्रीय कार्यसमितिको बैठकअघि युवा नेताहरुले समान धारण बनाउने बताइएको छ। नेविसंघलाई विघटन वा म्याद थप्ने विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।