काठमाडाैं– नेपाली कांग्रेसका युवा नेताहरुको बैठकले पार्टी क्रियाशील हुन नसकेको निष्कर्ष निकालेको छ। सरकारसँग निरास भएका आम जनतालाई भविष्यप्रति कांग्रेसले उत्साहित बनाउनुपर्नेमा पार्टी चुकेको युवा नेताहरुको ठम्याइ छ।
_x000D_
_x000D_
युवा नेता गगन थापाले भने, ‘पार्टीमा एक प्रकारको शिथिलता छ।’पार्टीको नेतृत्व अनौपचारिक कार्यक्रममा मात्रै केन्द्रित रहेको उनले बताए। पार्टीका तौरतरिकामा परिवर्तन ल्याउनका लागि छलफल भएको उनले बताए।
_x000D_
_x000D_
युवा नेताहरुले पार्टी सुधारका लागि बैठकलाई निरन्तरता दिने निर्णय पनि गरेका छन्। आगामी बैठक सोमबार वा मंगलबार पुनः बस्नेछ।
_x000D_
_x000D_
युवाहरुको बैठक मुख्यतः महासमिति बैठकलाई प्रभावकारी बनाउन केन्द्रित छ।
_x000D_
_x000D_
आम निर्वाचनपश्चात् पार्टीको विचार, संगठन र पार्टीमा भएका गल्तीहरु सच्चाउने पक्षमा युवाहरुको बैठक बसेको नेता थापाले जानकारी गराए।
_x000D_
_x000D_
पार्टीको बैठकमा पेस गरेका प्रस्तावहरुलाई महासमिति बैठकमा कुन रुपमा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको उनले जानकारी गराए। युवा पक्षले उठाएका एजेण्डाहरु बहसमा उठाउने पक्षमा बैठकमा छलफल भएको छ।
_x000D_
_x000D_
बुधबार बसेको बैठकमा आधा दर्जन युवा नेताहरु सहभागी भएका थिए भने शुक्रबार थप युवा केन्द्रीय नेताहरु पनि सहभागी भए।
_x000D_
_x000D_
उपत्यका बाहिर भएकाले केन्द्रीय सदस्य प्रदीप पौडेल र कल्याण गुरुङ भने उपस्थित हुन नसकेको बताइएको छ। चन्द्र भण्डारी, थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्रीप्रसाद पाण्डे, जीवन परियार लगायतका युवा केन्द्रीय सदस्यहरुको बैठक बसेको हो।
_x000D_
_x000D_
युवा नेताको बैठकमा पार्टीको संस्थापनइतरका मात्रै सहभागी भएका छन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बाहुल्यता छ।
_x000D_
_x000D_
‘कुन युवा नेता कुन समूहमा आवद्ध भएको भन्ने तरिकाले बैठक भएको छैन। भोलि त्यही रुपमा पनि जाँदैन,’ थापाले भने, ‘पार्टी सकारात्मक रुपमा सञ्चालित छ। पार्टीका गलत कार्य ढाकछोप गर्नुपर्छ भन्ने मान्यता राख्नेसँग स्वभाविक रुपमा कुरा मिल्दैन।’
_x000D_
_x000D_
थापाले पार्टी चलिरहेको तरिकासँग असन्तुष्टहरु जसले पार्टीमा ठूलो सुधार चाहनेहरुको जमघटका रुपमा बुझ्नुपर्ने बताए। बैठकको दायरा फराकिलो हुँदै जाने बताइएको छ।
_x000D_
_x000D_
पार्टी पराजयपछि सक्रियता बढाएका युवा नेताहरुकै समूहले पुन आफ्ना गतिविधि बढाएका हुन्। बैठकको नेतृत्व चन्द्र भण्डारीले गरेका छन् भने पहल थापाको हो।
_x000D_
_x000D_
युवा नेताहरुको बैठक बुधबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा बसेको थियो भने शुक्रबार तीनकुनेमा रहेको सिद्धार्थ फुडल्यान्डमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।