काठमाडौं– माओवादी केन्द्रको आकस्मिक बैठक बसेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको आकस्मिक बैठक बसेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहालसँगै माओवादी मन्त्रीहरु सहभागी थिए। पछिल्लो विकसित राजनीतिक घटनाक्रम र भावि रणनीतिबारे छलफल भएको बैठकमा सामेल एक नेताले बताए। केहीबेर संसदीय दलको कार्यालयमा बैठक सकेर कुनै निर्णय नगरी अध्यक्ष दाहालसहित माओवादीका मन्त्रीहरु निस्किएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापा नेतृत्वको राप्रपालाई मन्त्रिपरिषदमा सामेल गर्दै माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाउने तयारी गरेपछि माओवादीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने बताएको थियो।
तर निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना पाएको भन्दै माओवादीका मन्त्रीहरुले तत्काल सरकार नछाड्ने गृहमन्त्री जनार्दन शर्माले केही बेरअघि पत्रकार सम्मेलनमा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।