काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने सूचना आएकाले माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने बताएका छन्। गृहमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले निर्वाचन सार्न तयारी गरिरहेको सूचना निर्वाचन आयोगबाट प्राप्त भएकाले सरकार छाड्ने निर्णयमा पुनर्विचार गरिएको बताए।
माओवादी केन्द्रले यसअघि आफ्ना सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको थियो। चुनाव हुने सुनिश्चितता भए मात्र सरकारबाट बाहिरिने शर्माले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।