काठमाडौं– यस वर्षका लागि लागू हुनेगरी कफीको मूल्य निर्धारण गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी तीन प्रकारका कच्चा कफीको मूल्य निर्धारण गरेको हो।
_x000D_
_x000D_
पहिलो ग्रेडको फ्रेस चेरी कफी(अर्गानिक प्रमाणिकरण भएको) को मूल्य प्रतिकेजी ८५ तथा दोस्रो ग्रेडको (अर्गानिक प्रमाणिकरण नभएको) कफीको मूल्य ८० रुपैयाँ तोकिएको विभागका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। यो मूल्य अघिल्लो वर्षको भन्दा २ रुपैयाँले बढी हो।
_x000D_
_x000D_
गौतमका अनुसार ड्राई चेरी पहिलो ग्रेडको प्रतिकेजी १ सय ४० दोस्रो ग्रेडको प्रतिकेजी १०० र तेस्रो ग्रेडको प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तीन वटौ ग्रेडका ड्राई चेरीमा भने यस वर्ष पनि मूल्य बढाइएको छैन। २०७२ सालदेखि ड्राई चेरीको मूल्य यथावत छ।
_x000D_
_x000D_
त्यस्तैगरी, अर्गानिक प्रमाणिकरण नभएको पार्चमेन्ट कफी पहिलो ग्रेडको प्रतिकेजी ४ सय २५ र प्रमाणिकरण नभएको दोस्रो ग्रेडको कफीको मूल्य ४ सर १० रुपैयाँ तोकिएको छ। पार्चमेन्ट कफीको हकमा भने अघिल्लो वर्षभन्दा १० रुपैयाँ बढी मूल्य कायम गरिएको छ। पछिल्लो दुई वर्ष भने यो कफीको मूल्य बढाइएको थिएन।
_x000D_
_x000D_

_x000D_
_x000D_
कफी उत्पादनमा १० प्रतिशतले वृद्धि
_x000D_
_x000D_
पछिल्लो तथ्याङ्कअनुसार देशभर कुल ५ सय १३ मेट्रिक टन कफी ग्रीन बिन उत्पादन भएको देखिन्छ। गएको वर्षको तुलनामा यो करिब १० प्रतिशतले बढी हे। वर्ष २०७४ मा ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो।
_x000D_
_x000D_
विभिन्न जिल्लाहरूमा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट कफीको विस्तारका लागि सञ्चालन गरेको 'कफी विस्तार कार्यक्रम'को प्रभावस्वरूप कफी रोपण क्षेत्रसमेत विस्तार भएकाे छ। जसका कारण पनि कफीकाे उत्पादनमा वृद्धि भएकाे बताउँछन् विभागका कार्यकारी निर्देशक गौतम।
_x000D_
_x000D_
आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार नेपालमा २ हजार ६ सय ५० हेक्टर क्षेत्रमा कफी उत्पादन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा मात्र ४ हेक्टर क्षेत्रमा कफी उत्पादन विस्तार हुन सकेको छ।
_x000D_
_x000D_
निर्देशक गौतम भने विगत ४ वर्षदेखि 'कफी विस्तार कार्यक्रम'ले व्यापकता पाएकोले आगामी दिनहरूमा पनि कफीको उत्पादनमा थप वृद्धि हुने दाबी गर्छन्।
_x000D_
_x000D_
आयात ६४ प्रतिशतले बढ्दा निर्यात ११ प्रतिशतले घट्याे
_x000D_
_x000D_
त्यस्तै, भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४ दशमदब २२ मेट्रिक टन कफी निर्यात भएकाे छ। आर्थिक वर्ष २०७४/७५ कै अवधिमा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ बराबरको १ सय ६३ दशमलब ३८ मेट्रिक टन कफी आयात भएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
गत वर्षको तुलनामा कफीको आयात करिब ६४ प्रतिशतले बढेको र निर्यात भने ११ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ। उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार तथा कफीप्रेमी नेपाली बढ्दै गएको अनुमान विभागले गरेकाे छ। देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ।
_x000D_
_x000D_
हाल नेपालका गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लाहरूका कफीकाे व्यवसायिक उत्पादन हुँदै अएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।