कञ्चनपुर– बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन्।
_x000D_
_x000D_
पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो। कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखाखोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ। दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ।
_x000D_
_x000D_
निर्मलाका परिवारको स्वास्थ्य अवस्थाको बारेमा चेकजाँच गर्न अनसन स्थलमा पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रिँदै गएको बताए। निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ।
_x000D_
_x000D_
यसैबीच प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन्।
_x000D_
_x000D_
यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए। साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।