काठमाडौं– १९ वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अन्य ८ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्।
_x000D_
_x000D_
बैंकहरुको वित्तीय अवस्था हेर्दा अधिकांश सूचक सकारात्मक छन्। सूचक सकारात्मक देखिए पनि केही बैंकको वित्तीय अवस्था भने सुधार्नु पर्ने देखिन्छ।
_x000D_
_x000D_
अघिल्लो आर्थिक वर्ष नै ८ अर्ब चुक्ता पूँजी पुर्याउने राष्ट्र बैंकको निर्देशन विपरीत केही बैंकको अझै चुक्ता पूँजी पुगेको छैन। कुनै वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च र प्रतिसेयर आम्दानी न्यून देखिएको छ।
_x000D_
_x000D_
हेरौं, १९ वाणिज्य बैंकको असोज मसान्तसम्मको वित्तीय विवरण:
_x000D_
_x000D_
२ बैंकको चुक्ता पूँजी अझै ८ अर्ब पुगेन
_x000D_
_x000D_
नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष नै ८ अर्ब चुक्ता पूँजी पुर्याउन वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो। तर, आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्म १९ वाणिज्य बैंकमध्ये दुई बैंकले अझै तोकेको चुक्ता पूँजी पुर्याउन सकेका छैनन्।
_x000D_
_x000D_
चुक्ता पूँजी पुर्याउन नसक्ने बैंकमा कुमारी र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक रहेका छन्। सबैभन्दा धेरै चुक्ता पूँजी कृषि विकास बैंकको रहेको छ। सो बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ। टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरेको मेगा बैंकको चुक्ता पूँजीमा उच्च वृद्धि भएको छ।
_x000D_
_x000D_
चुक्तापुँजी (रु हजारमा)
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपाल बैंकबाहेक सबैको ब्याज आम्दानी बढ्यो
_x000D_
_x000D_
चालू आर्थिक वर्षमा नेपाल बैंकबाहेक अन्य सबै बैंकको ब्याज आम्दानी बढेको छ। नेपाल बैंकको खुद ब्याज आम्दानी शून्य दशमलव ०२ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै ब्याज आम्दानी कृषि विकास बैंक र नेपाल इनभेस्टमेन्ट बैंकको रहेको छ। मेगा बैंक, कुमारी बैंक, बंगलादेश बैंक, एनसिसी बैंकको नाफा १ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
मेगाको खुद नाफा करिब ४ गुणाले बढ्यो
_x000D_
_x000D_
टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरेको मेगा बैंकको खुद मुनाफामा उच्च वृद्धि भएको छ। बैंकको नाफा करिब ४ गुणाले बढेर ४० करोड ४५ लाख रुपैयाँ पुगेको छ।
_x000D_
_x000D_
यता नेपाल बैंकको मुनाफा भने शून्य दशमलव ०५ प्रतिशतले घटेको छ। साथै सेन्चुरी, कुमारी बैंकको नाफा १ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानीमा उच्च गिरावट
_x000D_
_x000D_
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ मध्ये दुई वाणिज्य बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ। प्रतिसेयर आम्दानीमा गिरावट आउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंक रहेका छन्।
_x000D_
_x000D_
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानीमा १८ रुपैयाँ २९ पैसाले गिरावट आएर ३१ रुपैयाँ ६६ पैसा पुगेको छ। सबैभन्दा थोरै प्रतिसेयर आम्दानी सेन्चुरी कमर्सियल बैंकको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
अधिकांश बैंकले घटाए निष्क्रिय कर्जा
_x000D_
_x000D_
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा घटेको छ। सामान्यतया निष्क्रिय कर्जा न्यून भएका कम्पनीहरु राम्रा मानिन्छन्।
_x000D_
_x000D_
यस अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक रहेको छ। बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ०८ प्रतिशत रहेको छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।