जनकपुर- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले मुलुक स्वतन्त्र भएपनि जनतामाथि विभेद कायमै रहेको बताएका छन्। महोत्तरीको जलेश्वरमा अायोजित मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरुको नवनिर्मित शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मूलुक भएपनि जनता स्वतन्त्र छैन। विभेद कायमै छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
_x000D_
_x000D_
ठाकुरले राष्ट्र मजबुत हुनका लागि सीमा सुरक्षा पहिलो प्राथमिकताको मुद्दा हुनुपर्ने बताउँदै सीमा सुरक्षा नै नभएको अवस्थामा जतिबेला पनि सत्ता बदलिन सक्ने खतरा रहेको बताए।
_x000D_
_x000D_
अध्यक्ष ठाकुरले भने, ‘मुलुक स्वतन्त्र रहेपनि यहाँका जनतामाथि विभेद र भेदभाव छ। यहाँको प्रहरी, प्रशासन र कर्मचारीलाई केन्द्र सरकारकै शासन शैलीमा चलेको छ, स्वतन्त्र भएको छैन।’
_x000D_
_x000D_
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एकात्मक शासन सत्ताको विरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको बताएका थिए।
_x000D_
_x000D_
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृषेश चन्द्र लाल, राजनीतिक विश्लेषक सिके लाल, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा सहितका वक्ताले समेत सम्बोधन गरेका थिए।
_x000D_
_x000D_
तेस्रो मधेश आन्दोलनका क्रममा महोत्तरीमा शहादत प्राप्त गरेका गणेश चौधरी, रोहन चौधरी, विरेन्द्र विच्छा, अमित कापर, राम शिला मण्डल, राम विवेक यादवको शालिक निर्माण गरिएको हो। मुख्यन्यायधिवक्ता दिपेन्द्र झाको आर्थिक सहयोगमा शालिक निर्माण भएको हो।
_x000D_
_x000D_
कार्यक्रममा मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागी मृत्यु भएका शहिदका परिवारलाई प्रदेश सरकारले सम्झना गर्दै सम्मान समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।