काठमाडौं- नेपाल विद्यार्थी संघको कार्यकाल अागामी सोमबार सकिँदै छ। मातृ पार्टी नेपाली कांग्रेसले लामो समयसम्म विधान अड्काएर राखेका कारण नेविसंघ विघटन हुने अवस्थामा पुगेको हो।
_x000D_
_x000D_
यसबारे निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ। शनिबारको बैठकले कार्यकाल थप्ने वा विघटन गर्ने बारे निर्णय लिनेछ।
_x000D_
_x000D_
यसअघि तीन महिना अवधि थपिए पनि संघको १२औं महाधिवेशन हुन सकेको छैन। नेविसंघले पारित गरी पार्टीलाई बुझाएको विधानका कारण कांग्रेसमा विवाद छताछुल्ल छ।
_x000D_
_x000D_
३२ वर्षे उमेर हद बहुमत बाट पारित भएपछि संस्थापन इतर समुह रुष्ट बनेको छ।
_x000D_
_x000D_
कांग्रेसका एक केन्द्रीय सदस्यले 'रामचन्द्र पौडेल समुहले जे चाह्यो, त्यही हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।