काठमाडौँ– इजरायलका लागि नेपालका राजदूत निरञ्जन थापालाई सरकारले फिर्ता बोलाएकोे छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा थापालाई राजदूत नियुक्त गरेको थियो।
_x000D_
_x000D_
केही समयअघिसम्म पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारको कुनै नीति नभएको बताएका थिए। तर, कात्तिक २५ गतेको मन्त्रिपरिषदको बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ।
_x000D_
_x000D_
सरकारले कात्तिक २५ गतेकै निर्णयबाट अञ्जन शाक्यलाई इजरायलको राजदूतका लागि सिफारिस गरेको छ। कुनै समय नेपाल टेलिभिजनमा समाचार वाचनको काम गरेकी शाक्यलाई प्रधानमन्त्री अोलीकै पहलमा राजदूत सिफारिस भएको स्रोतको दाबी छ। शाक्य प्रधानमन्त्री ओलीको नातेदार पर्छिन्।
_x000D_
_x000D_
नाताले साली पर्ने शाक्यलाई यसअघि प्रधानमन्त्री हुँदा नै ओलीले जापानका लागि राजदूत सिफारिस गर्न जोड दिएका थिए।
_x000D_
_x000D_
तर, तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको जोडबलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संयोजक खड्ग केसीलाई तत्कालीन ओली सरकारले जापानको लागि राजदूतमा सिफारिस गरेको थियो। तत्काल सरकार परिर्वतन भएपछि ओली सरकारको उक्त निर्णय लागू हुन भने सकेको थिएन।
_x000D_
_x000D_
इजरायलका लागि राजदूत पदमा सिफारिस शाक्य प्रधानमन्त्रीको साली पर्ने भएपनि उनी प्रधानमन्त्री पत्नी राधिका शाक्यकी आफ्नै बहिनी भने होइनन्। प्रधानमन्त्री पत्नी काठमाडौँकै स्थानीयबासी हुन् भने अञ्जन शाक्य संखुवासभाकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।