बेनी– पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सहिद परिवारलाई भेटेका छन्।
_x000D_
_x000D_
पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका हुन्। तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा आज मात्रै भेट्ने अवसर जुरेको हो। पत्नी सीता दाहालको नशासम्बन्धी रोगको उपचार गर्न म्याग्दी पुगेका नेता दाहाल र तातोपानी कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणका क्रममा आएका गृहमन्त्री थापा यहाँ आएका हुन्।
_x000D_
_x000D_
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो। ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुसी लाग्यो।’, खड्काले भनिन्, ‘अब नेताहरुले जनताका लागि विकास दिन सक्नुपर्छ।’
_x000D_
_x000D_
खड्का परिवारसँगको भेटपछि प्रचण्डले भने, ‘हामीमाँझ सहिद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनको निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ’, उनले लामो सङ्घर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।