काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीहरुको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन्। सर्वोच्च अदालतको आदेश बमोजिम संविधानको मर्म र भावना अनुरुप तथा नेपाली नागरिकको अधिकारको रक्षाको निम्ति यो अधिकार हरेक नेपालीले पाउनुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
पार्टीको प्रवास विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टी संगठनलाई महत्व दिई उच्च मनोबलका साथ संगठन निर्माणको काममा अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे। पार्टीको बारेमा रहेका विभिन्न भ्रमहरुलाई चिर्दै आत्मविश्वासका साथ देशव्यापी अभियानमा लाग्नु नै अहिलेको मूख्य कार्यभार भएको चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र, राजसंस्था र हिन्दुत्वको प्रतीकको रुपमा रहेको ‘गाई’लाई पार्टीले छाड्न नसक्ने स्पष्ट पारे।
_x000D_
_x000D_
पार्टी एकताको निमित्त सदैव ढोका खुल्ला रहेको भन्दै लाखौं कार्यकर्ताको भावनाको सम्मान गर्दै आफू र राप्रपा एकताको निमित्त सकारात्मक भएको विचार समेत व्यक्त गरे।
_x000D_
_x000D_
योजनाबद्ध रुपमा जनताको घरदैलोमा पुग्ने कुरा अबको प्राथमिकतामा राख्ने भन्दै थापाले कार्यक्रमको निरन्तरतालाई प्राथमिकतामा राखिने समेत उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।