काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन्।
_x000D_
_x000D_
चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए। 'समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ, त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं.' प्रधानमन्त्री ओलीले भेटमा भने।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौंदेखिको सम्बन्ध रहेको स्मरण गरेका छन्। 'हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं,' प्रधानमन्त्रीले भने, 'हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं।'
_x000D_
_x000D_
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका छन्। गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए।
_x000D_
_x000D_
'नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँहरु बढी आकर्षित छन्,' मन्त्री सुगाङको भने, 'भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ। यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।