दाङ– प्रहरीको गाडीबाट हाम फालेर एकजना थुनुवा फरार भएका छन्। तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवाका १९ वर्षीय विष्णु बुढाथोकी सार्वजनिक नैतिकता विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर ल्याउँदै गर्दा प्रहरीकै गाडीबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।
_x000D_
_x000D_
थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरीले प्रहरी जवान शेरबहादुर बुढाथोकी र चोरी मुद्दाका आरोपी वसन्त बस्नेतलाई सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको डिएसपी शाहीले बताए।
_x000D_
_x000D_
दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
_x000D_
_x000D_
उनलाई अदालत लैजान र अदालतबाट फर्काउन ११ जना सुरक्षाकर्मी परिचालित थिए।
_x000D_
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।