जनकपुर- दसैं र तिहारपछिको महत्वपूर्ण पर्वका रुपमा लिइने छठ आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिएको छ।
_x000D_
_x000D_
खासगरी नेपालमा तराई मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाइने छठमा व्रतालुले संसारलाई जीवन दिने भगवान् भाष्कर सूर्य देवलाई विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरे भने आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य चढाएपछि छठ पर्व सम्पन्न भएको हो।
_x000D_
_x000D_
तीन दिनदेखि मनाइँदै आएको छठको मुख्य दिन आज जनकपुर सहितका पोखरी, जलाशय नदी घाटमा व्रतालुहरुको घुइँचो लाग्यो।
_x000D_
_x000D_
सोमबार बेलुका खरना पूजा सम्पन्न गरेर व्रत सुरु गरेका व्रतालुले आफुलाई पायक पर्ने दुलहीझै सिँगारिएको विभिन्न पोखरी, जलाशय, नदी घाटमा हिजो अस्ताउँदो र आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
_x000D_
_x000D_
यो पर्वलाई सद्भाव र भातृत्वको प्रतीकको रुपमा समेत लिने गरिन्छ। छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरुले केराका घरी, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन रहेको इन्द्रकान्त झा बताउँछन्।
_x000D_
_x000D_
यसरी ल्याइएका फलफूलहरुलाई छठको आज अन्तिम दिन बिहानै उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने र घर परिवारको साथै छरछिमेकमा बाँड्ने चलन छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा, दोस्रो दिन खरना र तेस्रो दिनलाई छठ भनिने पण्डित लालबाबु झा बताउँछन्।
_x000D_
_x000D_
खासगरी मैथिली संस्कृतिमा प्रचलित छठ पर्वमा भक्तजनसँगै विभिन्न ठाँउबाट अवलोकनका लागि समेत जनकपुरको गंगा सागर, धनुष सागर, अरगज सर लगायतका छठ घाटमा उल्लेख्य पर्यटकसमेत देखिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।