• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारीमा कार्यरत २५ प्रतिशतभन्दा बढी कामदार अवैध

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  ०५:३५
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा कार्यरत करिब २५ प्रतिशतभन्दा बढी नेपाली कामदार अवैधानिक रुपमा काम गरिरहेका छन्। रोजगारीमा जाँदा सरकारले जारी गरेको श्रम अवधि सकिए पनि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्की सम्बन्धित मुलुककै रोजगारदाता कम्पनीमै शरण लिएर अवैध रूपमा काम गरिरहेको हुनसक्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले अनुमान गरेको छ।

_x000D_ _x000D_

सरकारले कामदारकै हकहितका लागि भनेर स्थापना गरेका कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति वितरण गर्न नसक्दा धेरै नेपाली कामदार अवैध रुपमा काम गर्न बाध्य हुनुपरेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका पुर्व कार्यकारी प्रमुख रघुराज काफ्ले बताउँछन्। ‘रोजगारीका लागि गन्तव्य मूलुक पुगेका नेपाली युवा विभिन्न कारणले अवैध हुने गरेका छन्, तर कसरी अवैध हुन्छन्? भनेर सरकारीस्तरबाट खासै अध्ययन भने गरिएको छैन। जसका कारण कामदार अवैध हुने क्रम बढ्दो छ।,’ काफ्लेले भने, ‘आगामी दिनमा सरकार यस विषयमा गम्भीर नभए समस्या जटिल हुने छ।’

_x000D_ _x000D_

सरकारले यो समस्या समाधान गर्न सम्बन्धित मूलुकस्थित राजदूतवासबाटै पुनः श्रम स्वीकृति लिन पाइने व्यवस्थाको सुरुवात गर्नुपर्ने काफ्लेले सुझाए। रोजगारदाता मूलुकले दिने भिसा र डिमान्डको पहिचान गरेर मात्र श्रम स्वीकृति जारी गरे समस्या आफैं समाधान हुने पनि उनले दाबी गरे।

_x000D_ _x000D_

हाल मलेसिया, खाडी र युरोपमा करिब ३५ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ। जसमध्ये ७ देखि ९ लाख कामदार करार अवधि सकिएपनि रोजगारदाता देशमै लुकेर काम गरिरहेको बताइन्छ।

_x000D_ _x000D_

मलेसियामा रोजगारीका लागि आएका १ लाख ५० हजार भन्दा धेरै कामदार श्रम अवधि सकिएपनि स्वदेश नफर्की काम गरिरहेका मलेसियास्थीत नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए।

_x000D_ _x000D_

यस्तो संख्या युएईमा १ लाखभन्दा माथि, कतारमा १ लाखको हाराहारीमा, साउदीमा ८० हजारदेखि १ लाखसम्म, कुवेतमा ५० हजारभन्दा धेरै र बहराइन, ओमान, जोर्डन, इजरायल र कोरियामा गरी कुल ७ देखि ९ लाख(मलेसियासहित) रहेको विभिन्न देशका दूतावासले जनाउँदै आएका छन्।

_x000D_ _x000D_

थोरै मात्र आममाफी प्रक्रियामा सहभागी

_x000D_ _x000D_

विगत ५ वर्षमा अवैधरूपमा काम गरिरहेका ४२ हजारभन्दा बढी नेपाली कामदार साउदी सरकारले दिएको आममाफी प्रक्रियामा सहभागी भएर नेपाल फर्किएका साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यस्तै, एक वर्षअघि कुवेतले पनि आप्रवासी कामदारलाई दिएको आममाफी प्रक्रियामा ३० हजारभन्दा बढी नेपाली संलग्न भएका कुवेतस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ। युएईले सन् २०१५ देखि हालसम्म ४ पटक आप्रवासी कामदारलाई आममाफीमार्फत स्वदेश फर्कन वा भिसा प्रमाणीकरण गरेर मात्र काम गर्न भनेर मौका दिएको थियो। युएईले ४ पटक दिएको आममाफी प्रक्रियामा ५० हजारभन्दा बढी नेपाली सहभागी भएको युएईस्थित नेपाली दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

_x000D_ _x000D_

मलेसियाबाट पनि पटक–पटक गरेर धेरै नेपाली आममाफी प्रक्रियामा सहभागी भई फर्किएका छन्। मलेसियाबाट २ वर्षको अवधिमा करिब ५० हजार अवैध रुपमा बसेर काम गरेका कामदार स्वदेश फर्किएको आँकडा छ। रोजगारदाता मुलुकले दिएको आममाफी प्रक्रियामा थोरै कामदार मात्र सहभागी हुने गरेको दूतवासको भनाई छ।

_x000D_ _x000D_

एक लाखभन्दा धेरै महिला अवैध

_x000D_ _x000D_

विभिन्न रोजगारदाता देशमा करिब ७ देखि ९ लाखसम्म नेपाली कामदार अवैध भएर काम गरिरहेका हुनसक्ने श्रम मन्त्रालयको अनुमान छ। जसमध्ये एक लाखभन्दा बढी महिला हुन सक्ने अनुमान गरिएको छ। धेरै नेपाली कामदार मलेसिया, कतार, युएई र साउदी अरबमा अवैध भएर काम गर्नेगरेको बोर्डको अनुमान छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि ती देशमा यसअघि नै रोजगारीका लागि पुगेका महिला कामदार पुनः जान नपाउने डरले स्वदेश फर्किएका छैनन्। सरकारी तथ्यांकमा वार्षिक एक लाख महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। 

_x000D_ _x000D_

२०७२ सालअघि खाडीका देश र मलेसिया गएका महिला कामदारको श्रम अवधि सकिएको छ। सरकारले २०७२ साल चैतदेखि घरेलु काममा जाने महिला कामदारका हकमा श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो। त्योभन्दा अघि वैदेशिक रोजगारीमा गएका ४० प्रतिशत महिला स्वदेश फर्किएपनि ६० प्रतिशत रोजगारदाता कै शरण लिएर काम गरिरहेका हुनसक्ने अनुमान गरिएको छ।

_x000D_ _x000D_

सरकारले विदेशमा कामदार अवैध हुनबाट रोक्न कामदारलाई वितरण गर्ने श्रम स्वीकृतिको अवधि ५ वर्षको हुनुपर्ने साउदीका लागि पुर्व राजदूत उदयराज पाण्डेको तर्क छ। ‘रोजगारीमा गएका धेरै कामदार श्रम स्वीकृतिको अवधि कम हुँदा पनि अवैध हुन्छन्। यसका लागि सरकारले हाल जारी गर्दै आएको समयावधिलाई बढाएर ५ वर्ष पुर्‍याउन सक्छ।’, पाण्डेले भने।

_x000D_ _x000D_

धेरै कामदार म्यानपावर कम्पनी अथवा एजेन्टकै कारण अवैध हुन बाध्य हुने गरेको पनि पाण्डेको भनाइ छ।

_x000D_ _x000D_

अवैध कामदारलाई स्वदेश फर्काउन विशेष कार्यक्रम ल्याइँदै

_x000D_ _x000D_

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले रोजगारदाता देशमा करार अवधि सकिएपनि गैरकानुनी रुपमा लुकेर काम गरिरहेका नेपाली कामदारलाई स्वदेश फर्काउन विशेष अभियान चलाउने भएको छ। रोजगार गन्तव्य देशमा अवैध ढंगबाट बसी काम गरिरहेका कामदार फर्काउन ती देशसँग संवाद र छलफल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

विदेशमा कति कामदार अवैध तवरबाट बसेका छन्, उनीहरुको कुटनीनिक नियोगमार्फत तथ्यांक संकलन गरेर वैधानिक बनाउन अथवा स्वदेश फर्काउन रोजगारदाता देशसँग परामर्श भइरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

_x000D_ _x000D_

विचौलियाको लहैलहैमा लाग्दा भिसा अवैध

_x000D_ _x000D_

विदेशमा रहेका धेरै नेपालीको भिसा विचौलियाको लहैलहैमा लागेर अवैध हुने गरेको छ। विभिन्न देशमा भिसा र डिमान्डको कारोबार गर्ने नेपाली दलाल र विदेशी विचौलियाका लहैलहैमा लागि राम्रो कमाइ हुने आसमा रोजगारदाता कम्पनी परिवर्तन गर्दा पनि धेरैको बसाइ अवैध हुने गरेको पाइन्छ।

_x000D_ _x000D_

एउटा कामका लागि श्रम स्वीकृति लिएर अर्कै काममा परेपछि अवैध ढंगबाटै कमाउने बाटो रोज्दा, रोजगारीका लागि गएका कामदारको श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्किंदा, श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीले बिदा नदिँदा, भिजिट भिसामा गएका, तेस्रो मुलुक हुँदै गएका र श्रम अवधि सकिएपछि भागेर काम गर्नेलगायतका कारण पनि धेरै नेपाली अवैध हुने गरेको विदेशस्थित कुटनीनिक नियोगले बताउँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्