धनगढी- सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीको नेकपा सदस्यता समेत खुस्किएको छ। उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको छ। पदीय मर्यादा विपरीत काम गरेको भन्दै सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो।
_x000D_
_x000D_
मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका सोडारीलाई २४ घन्टा पनि बित्न नपाउँदै नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले पार्टीबाट निष्कासन गरेको हो। 
_x000D_
_x000D_
नेकपाका सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाकाे अध्यक्षतामा बसेकाे बैंककले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेकाे बताइएको छ।
_x000D_
_x000D_
साेडारीका स्थानमा कैलाली क्षेत्र नम्वर ४ काे ‘ख’ बाट निर्वाचित कृष्णराज सुवेदी जिम्मेवारी दिइएको छ।
_x000D_
_x000D_
तत्कालीन नेकपा (एमाले) कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
_x000D_
_x000D_
उनलाई यसरी कार्वाही गर्नुकाे प्रमुख कारण खुलाईएको छैन। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।