• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्राकृतिक मृत्युमा प्रहरी किन तिर्न तयार भयो २७ लाख?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १४:४०
1140x725

काठमाडौं– ‘अलबिदा भाइ रवीन्द्र। तिमीबाट म लगायत सम्पूर्ण ढुंगाना परिवारले ठूला–ठूला सपना देखेका थियौं। तिम्रो छोराको व्रतबन्ध नहुँदा हिन्दु संस्कार बमोजिम आर्यघाटमा सहभागीहरुको रोहवरमा आँखाभरी आँसुु लिएर, थरथरी काँपेका हातले तिमीलाई दागबत्ती दिएँ। मिति २०७५/७/२५ गते रातको १२ बजेर १९ मिनेटमा तिम्रो मृत शरीर केही क्षणमा नै खरानी भएर विलिन भयो। तिमी सदाको लागि हामीदेखि बिदा भयौ।’

_x000D_ _x000D_

सोमबार राति २ बजेर २७ मिनेटमा राजेश ढुंगानाले भाइ रवीन्द्रकुमार ढुंगानालाई दागबत्ती दिएको अमिलो क्षण यसरी फेसबुकमा पोखेका थिए। चेक बाउन्सको आरोपमा प्रहरी हिरासतमा परेका काठमाडाैंको तारकेश्वर नगरपालिका–११ का ४८ वर्षीय रवीन्द्रकुमार ढुंगानाको कात्तिक १९ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीसँगबाट लिएर आइतबार मात्रै ढुंगानाको शव उनका परिवारले बुझ्दै दाहसंस्कारसमेत गरिसकेका छन्।

_x000D_ _x000D_

एक साताभन्दा बढी समय शव नबुझ्दै आन्दोलनमा उत्रिएका ढुंगाना परिवारले अन्ततः शव बुझ्दै दाहसंस्कार गरेका हुन्। तर, समय बित्दै जाँदा घटनाका विभिन्न पाटाहरु झनै रहस्यमय बन्दै गएका छन्।

_x000D_ _x000D_

यसरी भएको थियो रवीन्द्रको मृत्यु

_x000D_ _x000D_

पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी वृत बालाजुले उनलाई कात्तिक १८ गते दिउँसो ११ बजे पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु पठाएको बालाजुका डिएसपी चीरञ्जिवी कोइरालाले बताए। जबकी रवीन्द्रलाई बालाजु वृतले पक्राउ गरेको नभई, पक्राउ गर्ने अधिकार नै नभएका प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक असई सुरेन्द्र कार्कीले ढुंगानालाई आफ्नै मोटरसाइकलमा राखेर प्रहरी कार्यालय पुर्‍याएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। असई कार्कीले ढुंगानाकी श्रीमतीलाई मिटरब्याजमा पैसा लगाएका थिए। पैसा तिर्न नसकेपछि चेक काट्न लगाएर चेक बाउन्स गराई रवीन्द्रलाई पक्राउ गरिएको थियो।

_x000D_ _x000D_

बिहान ११ बजे पक्राउ गरेर प्रहरी कार्यालय पुर्‍याइएका रवीन्द्रको परिवारले दिउँसो ४ बजे मात्रै पक्राउ परेको जानकारी पाएकाे बताउँछन्। बिना पक्राउ पूर्जी पक्राउ परेका रवीन्द्रलाई प्रहरीले दिउँसोभर हिरासतमा राखेपनि अदालत उपस्थित गराएर पक्राउ पूर्जी भने लिएन।

_x000D_ _x000D_

मुटुको दुई वटै भल्भ फेरेका, मधुमेह, उच्च रक्तचाप र छारे रोगका बिरामी रवीन्द्रले एकाएक मुखबाट फिँज काट्दै आफूलाई असजिलो भएको बताएपछि उनलाई वीर अस्पताल लगेर उपचार गरिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर टेकुको भनाइ छ। बिना पक्राउ पूर्जी पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएको र यसमा प्रहरीको कमजोरी भन्दै परिवारले शव बुझ्न मानेका थिएनन्।

_x000D_ _x000D_

अन्ततः असई कार्की र रवीन्द्रको परिवारबीच चेकमा उल्लेख गरिएको ५ लाख रुपैयाँ मिनाहा गर्ने र दुई महिनाभित्र ढुंगानाको परिवारलाई २२ लाख रुपैयाँ दिनेगरी सहमति भएपछि आइतबार मात्रै परिवारले शव बुझेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

किन तिरियो २७ लाख रुपैयाँ?

_x000D_ _x000D_

पक्राउ परेका रवीन्द्रको प्राकृतिक मृत्यु भनेर वीर अस्पतालबाट जारी ‘डेथ रिपोर्ट’मा नै उल्लेख छ। मुटु, मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामी ढुंगानाले मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको ज्यान गएको चिकित्सकको भनाइ छ। प्रहरी कै भनाइ र चिकित्सकको रिपोर्टलाई आधार मान्दा उनको मृत्युमा प्रहरीको गल्ती देखिँदैन। तर, प्रहरीले गल्ती नै नगरेको मृत्यु प्रकरणमा कसरी तिर्न राजी भयो २७ लाख रुपैयाँ? यो प्रश्न निकै पेचिलो बनेको छ। प्रहरी परिसर काठमाडौंको हाताभित्रै दुई पक्षबीच सो परिमाण बराबरको रकम बुझाउने सहमति भएपछि शव बुझिएको थियो।

_x000D_ _x000D_

सुरुमा घटनामा आफू पीडित रहेको बताउँदै प्रहरीमा पुगेका असई कार्की अन्नतः २७ लाख रुपैयाँ रवीन्द्रका परिवारलाई बुझाउन किन राजी भए? असई कार्की पीडित या पीडक के हुन् त? यी प्रश्नहरुको जवाफ हाल आएर थप पेचिलो बन्दै गएको छ।

_x000D_ _x000D_

तर, पैसाको सहमतिबारे आफूलाई कुनै जानकारी नै नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए। उनले भने, ‘उनीहरुबीच के–के सहमति भयो त्यो हामीलाई थाहा भएन। परिवारले शव बुझ्ने भयौं भनेर शव बुझेका हुन्। यसभन्दा बढी हामीलाई जानकारी भएन।’

Xtrem

Xtrem
_x000D_ _x000D_

प्रहरी स्रोतकै अनुसार प्रहरीका उच्च अधिकारीले आफ्नो रकम असई कार्कीमार्फत मिटर ब्याजमा लगाउने गरेको र रवीन्द्रका परिवारले शव नबुझेर आन्दोलनमा उत्रिएपछि मिटर ब्याजको कालो कर्तुत बाहिर आउने भएपछि मोटो रकम दिएर सहमति गराइएको हो।

_x000D_ _x000D_

प्रहरी परिसरमै मेयरको रोहबरमा सहमति

_x000D_ _x000D_

कात्तिक २५ गते आइतबार करिब ११ बजेतिर तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता नारायण सापकोटा र पीडित परिवारसहितको टोली प्रहरी परिसर टेकु पुगेको थियो। सो समय असई कार्की पनि परिसरमै थिए।

_x000D_ _x000D_

पीडित परिवारले मिटर ब्याज र असई कार्कीको कारण रवीन्द्रको मृत्यु भएको भन्दै ४५ लाख रुपैयाँ क्षतिपूर्ति नदिए शव नबुझ्ने अडान लिएका थिए। उनीहरुको टोली पटक–पटक परिसरका प्रहरी अधिकारीको कोठामा पुग्थ्यो। एकछिन छलफल गथ्र्यो। फेरि बाहिर निस्कन्थ्यो। घरी बाझाबाझ गरेजस्तो, घरी मिलेजस्तो गरी दुई पक्षबीच कुराकानी भइरह्यो। यो क्रम दिउँसो ४ बजेसम्म चल्यो।
_x000D_ परिसर भने परिवारलाई जसरी पनि शव बुझ्न दबाव दिन तल्लिन थियो। अन्ततः मेयरकै रोहबरमा ५ घन्टा लामो छलफलपछि दुई पक्षबीच चेकको पाँच लाख रुपैयाँ असई कार्कीले नलिने र दुई महिनाभित्र थप २२ लाख रुपैयाँ रवीन्द्रको परिवारलाई दिने सहमति भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

_x000D_ _x000D_

यसबारे मेयर बोहराले आफ्नै रोहबरमा सहमति भएको बताए पनि पैसाको कुराबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे। ‘दुई पक्षबीच सहमति भएको हो। म पनि गएको थिएँ’, मेयर बोहराले भने, ‘पैसाको कुरा चाहीँ उहाँहरुको लेनदेनको कुरा हो। त्योबारेमा मलाई जानकारी भएन।’ परिसर हाताभित्रै मृत्युको मोलमोलाई भएर सहमति हुनु निकै बिडम्बनापूर्ण कार्य हो।

_x000D_ _x000D_

पैसा प्रहरी हाकिमको, एक लाखको दैनिक २ हजार ब्याज

_x000D_ _x000D_

विगत ३ वर्ष अघिदेखि असई कार्कीको र मृतक रवीन्द्रकी श्रीमतीसँग मिटर ब्याजको कारोबार हुँदै आएको थियो। प्रहरी अस्पतालका असई कार्कीले ढुंगाना परिवारलाई मिटर ब्याजमा पैसा दिँदै आएको थिए। असई कार्कीले पनि अस्पतालका प्रहरीका हाकिम र अन्य प्रहरी कार्यालयका उच्च अधिकारीको पैसा मिटर ब्याज लिएर अन्तै लगाउने गरेको स्रोतले जानकारी दियो। असई कार्कीले कहिले फलानो डिएसपीको पैसा, कहिले फलानो प्रहरी हाकिमको पैसा हो भन्दै मिटर ब्याजमा दिने गरेको मृतककी श्रीमती स्वयम्ले समेत यसअघि नै बताइसकेकी थिइन्।

_x000D_ _x000D_

स्रोतले भन्यो, ‘असई कार्कीले कहिलेकाहीँ एक लाख रुपैयाँको एक दिनको दुई हजार रुपैयाँका दरले समेत मिटर ब्याजमा पैसा लगाउने गरेका थिए।’ प्रहरी हाकिमका पैसा असई कार्कीले ३० प्रतिशत ब्याजमा लिने र ४०/५० प्रतिशत ब्याजदरमा ऋण लगाउने गरेको समेत स्रोतले बतायो। प्रहरीका हाकिमको रकममा उनले मध्यस्थतकर्ताको काम गर्ने गरेको प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए।

_x000D_ _x000D_

असईको कोठामा छापा : ३ लाख भन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदी बरामद

_x000D_ _x000D_

रवीन्द्रको मृत्यु भएपछि पीडितले असई कार्कीमाथि शंका छ भन्दै अनुसन्धान गर्न आग्रह गरेका थिए। त्यसपछि प्रहरीले असई कार्कीलाई पक्राउ गर्नुको साथै तारकेश्वर नगरपालिकामा रहेको उनको घरमा समेत खानतलासी गरेको स्रोत बताउँछ। प्रहरीले असई कार्कीको कोठाबाट ३ लाख रुपैयाँभन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदीका गरगहना बरामद गरेको थियो।

_x000D_ _x000D_

असई कार्कीलाई प्रहरी परिसर काठमाडौंले थुनामा राखेर अनुसन्धान गरेको थियो। ‘हामीले असईलाई थुनामा राखेर अनुसन्धान गरेका थियौं,’ स्रोतले भन्यो, ‘पछि अस्पतालबाट फोन गर्दै छुटाउन दबाव आएपछि छोडिएको हो।’

_x000D_ _x000D_

उता असई कार्कीविरुद्धको किटानी जाहेरी नलिएको भन्ने कुरा सत्य नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी लामाको दाबी छ।

_x000D_ _x000D_

छानबिन हुन्छ : एसएसपी सिंह

_x000D_ _x000D_

पक्राउ परेको एक दिनपछि नै ढुंगानाको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीकी एसएसपी पूजा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

_x000D_ _x000D_

बिना पक्राउ पूर्जी त्यो पनि पक्राउको अधिकार नै नभएको प्राविधिक असईले पक्राउ गर्नु र पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएकाले घटना रहस्यमय भन्दै समिति गठन गरिएको हो। समितिले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ।

_x000D_ _x000D_

पक्राउ पूर्जी बिना पक्राउ गर्नुको आधार के? र मृत्यु कसरी भयो? भन्नेबारे समितिले अध्ययन गरिरहेको एसएसपी सिंहले नेपाल लाइभलाई जानकारी दिइन्। पछिमात्रै पैसा दिएर शव बुझ्न लागको कुरा बाहिर आएकाले त्यसमाथि पनि अनुसन्धान गरिने उनले बताइन्। ‘अहिलेसम्म हामीले कसरी मृत्यु र बिना पक्राउ पुर्जी पक्राउ गर्नुको कारण खोज्दै थियौं’, एसएसपी सिंहले थपिन्, ‘पैसा दिने सहमतिमा शव बुझ्न लगाएको भन्ने कुरा पनि बाहिर आएको छ। त्यसमाथि अब अनुसन्धान सुरु हुन्छ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्