• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्राकृतिक मृत्युमा प्रहरी किन तिर्न तयार भयो २७ लाख?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १४:४०
1140x725

काठमाडौं– ‘अलबिदा भाइ रवीन्द्र। तिमीबाट म लगायत सम्पूर्ण ढुंगाना परिवारले ठूला–ठूला सपना देखेका थियौं। तिम्रो छोराको व्रतबन्ध नहुँदा हिन्दु संस्कार बमोजिम आर्यघाटमा सहभागीहरुको रोहवरमा आँखाभरी आँसुु लिएर, थरथरी काँपेका हातले तिमीलाई दागबत्ती दिएँ। मिति २०७५/७/२५ गते रातको १२ बजेर १९ मिनेटमा तिम्रो मृत शरीर केही क्षणमा नै खरानी भएर विलिन भयो। तिमी सदाको लागि हामीदेखि बिदा भयौ।’

_x000D_ _x000D_

सोमबार राति २ बजेर २७ मिनेटमा राजेश ढुंगानाले भाइ रवीन्द्रकुमार ढुंगानालाई दागबत्ती दिएको अमिलो क्षण यसरी फेसबुकमा पोखेका थिए। चेक बाउन्सको आरोपमा प्रहरी हिरासतमा परेका काठमाडाैंको तारकेश्वर नगरपालिका–११ का ४८ वर्षीय रवीन्द्रकुमार ढुंगानाको कात्तिक १९ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीसँगबाट लिएर आइतबार मात्रै ढुंगानाको शव उनका परिवारले बुझ्दै दाहसंस्कारसमेत गरिसकेका छन्।

_x000D_ _x000D_

एक साताभन्दा बढी समय शव नबुझ्दै आन्दोलनमा उत्रिएका ढुंगाना परिवारले अन्ततः शव बुझ्दै दाहसंस्कार गरेका हुन्। तर, समय बित्दै जाँदा घटनाका विभिन्न पाटाहरु झनै रहस्यमय बन्दै गएका छन्।

_x000D_ _x000D_

यसरी भएको थियो रवीन्द्रको मृत्यु

_x000D_ _x000D_

पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी वृत बालाजुले उनलाई कात्तिक १८ गते दिउँसो ११ बजे पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु पठाएको बालाजुका डिएसपी चीरञ्जिवी कोइरालाले बताए। जबकी रवीन्द्रलाई बालाजु वृतले पक्राउ गरेको नभई, पक्राउ गर्ने अधिकार नै नभएका प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक असई सुरेन्द्र कार्कीले ढुंगानालाई आफ्नै मोटरसाइकलमा राखेर प्रहरी कार्यालय पुर्‍याएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। असई कार्कीले ढुंगानाकी श्रीमतीलाई मिटरब्याजमा पैसा लगाएका थिए। पैसा तिर्न नसकेपछि चेक काट्न लगाएर चेक बाउन्स गराई रवीन्द्रलाई पक्राउ गरिएको थियो।

_x000D_ _x000D_

बिहान ११ बजे पक्राउ गरेर प्रहरी कार्यालय पुर्‍याइएका रवीन्द्रको परिवारले दिउँसो ४ बजे मात्रै पक्राउ परेको जानकारी पाएकाे बताउँछन्। बिना पक्राउ पूर्जी पक्राउ परेका रवीन्द्रलाई प्रहरीले दिउँसोभर हिरासतमा राखेपनि अदालत उपस्थित गराएर पक्राउ पूर्जी भने लिएन।

_x000D_ _x000D_

मुटुको दुई वटै भल्भ फेरेका, मधुमेह, उच्च रक्तचाप र छारे रोगका बिरामी रवीन्द्रले एकाएक मुखबाट फिँज काट्दै आफूलाई असजिलो भएको बताएपछि उनलाई वीर अस्पताल लगेर उपचार गरिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर टेकुको भनाइ छ। बिना पक्राउ पूर्जी पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएको र यसमा प्रहरीको कमजोरी भन्दै परिवारले शव बुझ्न मानेका थिएनन्।

_x000D_ _x000D_

अन्ततः असई कार्की र रवीन्द्रको परिवारबीच चेकमा उल्लेख गरिएको ५ लाख रुपैयाँ मिनाहा गर्ने र दुई महिनाभित्र ढुंगानाको परिवारलाई २२ लाख रुपैयाँ दिनेगरी सहमति भएपछि आइतबार मात्रै परिवारले शव बुझेका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

किन तिरियो २७ लाख रुपैयाँ?

_x000D_ _x000D_

पक्राउ परेका रवीन्द्रको प्राकृतिक मृत्यु भनेर वीर अस्पतालबाट जारी ‘डेथ रिपोर्ट’मा नै उल्लेख छ। मुटु, मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामी ढुंगानाले मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको ज्यान गएको चिकित्सकको भनाइ छ। प्रहरी कै भनाइ र चिकित्सकको रिपोर्टलाई आधार मान्दा उनको मृत्युमा प्रहरीको गल्ती देखिँदैन। तर, प्रहरीले गल्ती नै नगरेको मृत्यु प्रकरणमा कसरी तिर्न राजी भयो २७ लाख रुपैयाँ? यो प्रश्न निकै पेचिलो बनेको छ। प्रहरी परिसर काठमाडौंको हाताभित्रै दुई पक्षबीच सो परिमाण बराबरको रकम बुझाउने सहमति भएपछि शव बुझिएको थियो।

_x000D_ _x000D_

सुरुमा घटनामा आफू पीडित रहेको बताउँदै प्रहरीमा पुगेका असई कार्की अन्नतः २७ लाख रुपैयाँ रवीन्द्रका परिवारलाई बुझाउन किन राजी भए? असई कार्की पीडित या पीडक के हुन् त? यी प्रश्नहरुको जवाफ हाल आएर थप पेचिलो बन्दै गएको छ।

_x000D_ _x000D_

तर, पैसाको सहमतिबारे आफूलाई कुनै जानकारी नै नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए। उनले भने, ‘उनीहरुबीच के–के सहमति भयो त्यो हामीलाई थाहा भएन। परिवारले शव बुझ्ने भयौं भनेर शव बुझेका हुन्। यसभन्दा बढी हामीलाई जानकारी भएन।’

_x000D_ _x000D_

प्रहरी स्रोतकै अनुसार प्रहरीका उच्च अधिकारीले आफ्नो रकम असई कार्कीमार्फत मिटर ब्याजमा लगाउने गरेको र रवीन्द्रका परिवारले शव नबुझेर आन्दोलनमा उत्रिएपछि मिटर ब्याजको कालो कर्तुत बाहिर आउने भएपछि मोटो रकम दिएर सहमति गराइएको हो।

_x000D_ _x000D_

प्रहरी परिसरमै मेयरको रोहबरमा सहमति

_x000D_ _x000D_

कात्तिक २५ गते आइतबार करिब ११ बजेतिर तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता नारायण सापकोटा र पीडित परिवारसहितको टोली प्रहरी परिसर टेकु पुगेको थियो। सो समय असई कार्की पनि परिसरमै थिए।

_x000D_ _x000D_

पीडित परिवारले मिटर ब्याज र असई कार्कीको कारण रवीन्द्रको मृत्यु भएको भन्दै ४५ लाख रुपैयाँ क्षतिपूर्ति नदिए शव नबुझ्ने अडान लिएका थिए। उनीहरुको टोली पटक–पटक परिसरका प्रहरी अधिकारीको कोठामा पुग्थ्यो। एकछिन छलफल गथ्र्यो। फेरि बाहिर निस्कन्थ्यो। घरी बाझाबाझ गरेजस्तो, घरी मिलेजस्तो गरी दुई पक्षबीच कुराकानी भइरह्यो। यो क्रम दिउँसो ४ बजेसम्म चल्यो।
_x000D_ परिसर भने परिवारलाई जसरी पनि शव बुझ्न दबाव दिन तल्लिन थियो। अन्ततः मेयरकै रोहबरमा ५ घन्टा लामो छलफलपछि दुई पक्षबीच चेकको पाँच लाख रुपैयाँ असई कार्कीले नलिने र दुई महिनाभित्र थप २२ लाख रुपैयाँ रवीन्द्रको परिवारलाई दिने सहमति भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

_x000D_ _x000D_

यसबारे मेयर बोहराले आफ्नै रोहबरमा सहमति भएको बताए पनि पैसाको कुराबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे। ‘दुई पक्षबीच सहमति भएको हो। म पनि गएको थिएँ’, मेयर बोहराले भने, ‘पैसाको कुरा चाहीँ उहाँहरुको लेनदेनको कुरा हो। त्योबारेमा मलाई जानकारी भएन।’ परिसर हाताभित्रै मृत्युको मोलमोलाई भएर सहमति हुनु निकै बिडम्बनापूर्ण कार्य हो।

_x000D_ _x000D_

पैसा प्रहरी हाकिमको, एक लाखको दैनिक २ हजार ब्याज

_x000D_ _x000D_

विगत ३ वर्ष अघिदेखि असई कार्कीको र मृतक रवीन्द्रकी श्रीमतीसँग मिटर ब्याजको कारोबार हुँदै आएको थियो। प्रहरी अस्पतालका असई कार्कीले ढुंगाना परिवारलाई मिटर ब्याजमा पैसा दिँदै आएको थिए। असई कार्कीले पनि अस्पतालका प्रहरीका हाकिम र अन्य प्रहरी कार्यालयका उच्च अधिकारीको पैसा मिटर ब्याज लिएर अन्तै लगाउने गरेको स्रोतले जानकारी दियो। असई कार्कीले कहिले फलानो डिएसपीको पैसा, कहिले फलानो प्रहरी हाकिमको पैसा हो भन्दै मिटर ब्याजमा दिने गरेको मृतककी श्रीमती स्वयम्ले समेत यसअघि नै बताइसकेकी थिइन्।

_x000D_ _x000D_

स्रोतले भन्यो, ‘असई कार्कीले कहिलेकाहीँ एक लाख रुपैयाँको एक दिनको दुई हजार रुपैयाँका दरले समेत मिटर ब्याजमा पैसा लगाउने गरेका थिए।’ प्रहरी हाकिमका पैसा असई कार्कीले ३० प्रतिशत ब्याजमा लिने र ४०/५० प्रतिशत ब्याजदरमा ऋण लगाउने गरेको समेत स्रोतले बतायो। प्रहरीका हाकिमको रकममा उनले मध्यस्थतकर्ताको काम गर्ने गरेको प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए।

_x000D_ _x000D_

असईको कोठामा छापा : ३ लाख भन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदी बरामद

_x000D_ _x000D_

रवीन्द्रको मृत्यु भएपछि पीडितले असई कार्कीमाथि शंका छ भन्दै अनुसन्धान गर्न आग्रह गरेका थिए। त्यसपछि प्रहरीले असई कार्कीलाई पक्राउ गर्नुको साथै तारकेश्वर नगरपालिकामा रहेको उनको घरमा समेत खानतलासी गरेको स्रोत बताउँछ। प्रहरीले असई कार्कीको कोठाबाट ३ लाख रुपैयाँभन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदीका गरगहना बरामद गरेको थियो।

_x000D_ _x000D_

असई कार्कीलाई प्रहरी परिसर काठमाडौंले थुनामा राखेर अनुसन्धान गरेको थियो। ‘हामीले असईलाई थुनामा राखेर अनुसन्धान गरेका थियौं,’ स्रोतले भन्यो, ‘पछि अस्पतालबाट फोन गर्दै छुटाउन दबाव आएपछि छोडिएको हो।’

_x000D_ _x000D_

उता असई कार्कीविरुद्धको किटानी जाहेरी नलिएको भन्ने कुरा सत्य नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी लामाको दाबी छ।

_x000D_ _x000D_

छानबिन हुन्छ : एसएसपी सिंह

_x000D_ _x000D_

पक्राउ परेको एक दिनपछि नै ढुंगानाको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीकी एसएसपी पूजा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

_x000D_ _x000D_

बिना पक्राउ पूर्जी त्यो पनि पक्राउको अधिकार नै नभएको प्राविधिक असईले पक्राउ गर्नु र पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएकाले घटना रहस्यमय भन्दै समिति गठन गरिएको हो। समितिले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ।

_x000D_ _x000D_

पक्राउ पूर्जी बिना पक्राउ गर्नुको आधार के? र मृत्यु कसरी भयो? भन्नेबारे समितिले अध्ययन गरिरहेको एसएसपी सिंहले नेपाल लाइभलाई जानकारी दिइन्। पछिमात्रै पैसा दिएर शव बुझ्न लागको कुरा बाहिर आएकाले त्यसमाथि पनि अनुसन्धान गरिने उनले बताइन्। ‘अहिलेसम्म हामीले कसरी मृत्यु र बिना पक्राउ पुर्जी पक्राउ गर्नुको कारण खोज्दै थियौं’, एसएसपी सिंहले थपिन्, ‘पैसा दिने सहमतिमा शव बुझ्न लगाएको भन्ने कुरा पनि बाहिर आएको छ। त्यसमाथि अब अनुसन्धान सुरु हुन्छ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’
निकोलस भुसाल पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्