त्रिशूली- नुवाकोटको जिलिङदेखि धादिङको धार्केसम्म वैकल्पिक सडकका रूपमा दुई लेनको सडक निर्माण सुरु भएको छ।
लोकसञ्चार मार्ग नाम दिइएको ४० किमी सडकलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्ड जिलिङको बालुवाखानीदेखि केउरिनी हुँदै हुर्रेसम्म १० किमी सडकको काम सुरु भएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले बताए। दुई लेनको सो सडक खण्डका लागि रु २४ करोड, २८ लाख ८४ हजार ३६१ लाग्ने बताइएको छ।
जिलिङको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धादिङको धार्के बजारमा पृथ्वीराजमार्गमा सो लोकसञ्चार मार्ग जोडिनेछ।
स्वच्छन्द, वर्ल्डवाइड र अमृत जेभी गरी तीन ठेकेदार कम्पनीले संयुक्त रुपमा निर्माण थालेको पहिलो खण्डको काम २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।
रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता हुने भएकाले यो मार्गलाई वैकल्पिक राजमार्गका रुपमा हेरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।