काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शुक्रबार पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जित्दै चितवनलाई पहिले ब्याटिङका लागि निम्तो दिएको छ ।
जारी प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको पोखराले यस खेलमा कप्तानसमेत परिवर्तन गरेको छ । नियमित कप्तान कुशल भुर्तेलको स्थानमा चामिका करुणारत्नेले टोलीको नेतृत्व गर्दैछन् ।
तीन खेल खेलिसकेको पोखरा अहिलेसम्म जितविहीन छ । टोली अंकतालिकामा शून्य अंकसहित रहेको छ । उता चितवनले तीन खेलबाट तीन अंक जोडेको छ ।
सिकन्दर राजाको कप्तानीमा मैदान उत्रिएको चितवनको टोलीमा कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक यादव, रञ्जित कुमार, मौसम ढकाल, रवि बोपारा, डाविड मलान र डान मोस्ली छन् ।
पोखराको टोलीमा करुणारत्नेसहित विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्तीमगर, सुदीप अर्याल, मेहदी हसन, युवराज सम्रा र सदिरा समरविक्रम छन् ।
लगातार तीन खेलमा जित निकाल्न नसकेको पोखराका लागि यो खेल अंकतालिकामा खाता खोल्ने अवसरसमेत हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।