काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले काठमाडौँमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष बैद्यले सरकार विरुद्ध कार्यगत एकता गरेर भएपनि संघर्ष गर्नुपर्ने बताएका थिए। ‘वर्तमान सरकारले जनजीविकाका सवालमा काम गर्न सक्दैन। यसर्थ सबै कम्युनिष्ट पार्टीहरू मिलेर संघर्ष गर्नुपर्छ’ उनले भने। 
_x000D_
_x000D_
वर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले जनताका समस्यामा उदासिनता मात्र ल्याएको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउमा आउन आह्वान गरे। सरकारमा रहेका नेता सत्ताको मातमा हिजोका श्री ५ जस्ता देखिन थालेकोले जनताका जनजीविकाको सवाल आन्दोलन मार्फत उठाउन सबै एक ठाँउमा आउनुपर्ने बताए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपी मैनालीले लिपुलेकबारे सरकारले बोल्न नसक्दा सरकारको देशभक्तिमा शंका उठ्न थालेको आरोप लगाए। 
_x000D_
_x000D_
महासचिव मैनालीले सरकार बाहिर रहँदा लिपुलेकको नेपालको हो भन्दै जनमत बटुल्नेहरु नै सरकारमा गएपछि दक्षिणी छिमेकी रिसाउला भनेर चुप बसेको तर्क गरे। सरकारको सत्ता नै दक्षिण छिमेकीको टेकोमा अडेको भन्दै यसको देशभक्ति र चरित्रमा शंका उत्पन्न भएको बताए।
_x000D_
_x000D_
कार्यक्रममा तत्कालीन माओबादी केन्द्र र माओवादी केन्द्रका नेताका साथै र नेकपा एकताबाट असन्तुष्ट नेता कार्यकर्ताहरु सहभागी थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।