काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमसेर राणाले राप्रपा अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन्।
_x000D_
_x000D_
अध्यक्ष राणाले पार्टी एकता प्रक्रिया अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दाबी गरेका थिए। 
_x000D_
_x000D_
'तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झन्डा र चुनाव चिन्ह एउटै पार्टीको भन्ने हुनै सक्दैन' उनले भने। पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाई छ।
_x000D_
_x000D_
अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग  गम्भिर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप समेत लगाए।
_x000D_
_x000D_
आफू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि पर्ने पनि अध्यक्ष राणाको प्रतिबद्धता छ। अध्यक्ष राणाले तीन पार्टीबीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मूला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने पनि बताए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।