चितवन- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
_x000D_
_x000D_
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपर्थ्यो त्यो नभएको बताए। वरिष्ठ नेता पौडेलले भने, 'विचारले आक्रामक रुपमा प्रस्तुत हुनुपर्थ्यो तर त्यस्तो भएन।'
_x000D_
_x000D_
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए। 'पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन,' उनले भने।
_x000D_
_x000D_
उनले सोमबार सुजाता कोइराला निवासमा खाना खान बोलाएर गएको प्रस्ट्याए। राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँदै उनले थपे, 'सामान्य ‘हाई हेल्लो’ मात्रै हो।' आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले दाबी गरे।
_x000D_
_x000D_
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए।
_x000D_
_x000D_
सरकारप्रति टिप्पणी गर्दै उनले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाए। उनले भने, 'विपक्षी शान्त भलाद्मी तरिकाले बसेको छ, जनता निराश छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।