धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन्। मन्त्रिपरिषद् विस्तार भएदेखि नै पटकपटक विवादमा आएका मन्त्री सोडारीलाई मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हटाएको हो।
_x000D_
_x000D_
नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन्।
_x000D_
_x000D_
स्रोतका अनुसार मन्त्री सोडारीका ठाउँमा सांसद कृष्ण सुवेदीले सपथ ग्रहण गर्ने तयारी रहेको छ।
_x000D_
_x000D_
तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाउने तयारी गरेको थियो।
_x000D_
_x000D_
मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरेका हुन्।
_x000D_
_x000D_
मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो। दुर्घटनामा ३ जना घाइते भएका थिए।
_x000D_
_x000D_
मन्त्री सोडारी जीपमा सवार रहे पनि नरहेको भनेर विवाद चलेको थियो।  दुर्घटनामा परि जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।