डडेल्धुरा– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। पक्राउ परेका आफ्ना नेताको रिहाईको माग राखेर विरोधमा उत्रिएको नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।
_x000D_
_x000D_
काभे्रस्थित मण्डन देउपुर नगरपालिका, तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। त्यसको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको नेपाल विद्यार्थी संघ डडेल्धुराका सभापती जगत ऐरले बताएका छन्।
_x000D_
_x000D_
धनगढीमा पनि दहन
_x000D_
यसैगरी नेविसंघका कैलालीले धनगढीको एलएन् चौकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ। पूर्व घोषित कार्यक्रमअनुसार प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो। तीन दिने विरोध कार्यक्रम अनुसार आज प्रधानमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघले जानकारी दिएको छ।
_x000D_
_x000D_
ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।