इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन्।
_x000D_
_x000D_
आज यहाँ आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, ‘पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा समय बित्दैछ।’
_x000D_
_x000D_
उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको बताए। मुलुक सङ्घियतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उनको भनाइ छ।
_x000D_
_x000D_
‘हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै गरेका हुन्। तर, जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन् भने हामी त्यसका लागि कडा भएर उत्रन्छौं।’, नेम्वाङले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।