हेटौँडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताएका छन्।
_x000D_
_x000D_
आज हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ।’
_x000D_
_x000D_
मुख्यमन्त्री पौडेलले प्रदेश ३ अन्तर्गत १३ जिल्लाका १ सय १९ स्थानीय तहलाई समेट्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने गृहकार्य भइरहेको उल्लेख गरे। उनले सबै जिल्लाको विकास योजना कार्यान्वयन गर्न सरकारी अनुदान उपलब्ध गराइसकेको पनि जानकारी दिए।
_x000D_
_x000D_
‘सरकारी सेवा प्रवाहलाई अझ बढी व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने कार्यमा सरकार लागिपरेको छ’, उनले भने, ‘जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवालाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सरकारले विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई लिखित निर्देशन पठाइसकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।