काठमाडाैं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यही वर्षभित्र भारतको जयनगरदेखि जनकपुरसम्म रेल संचालनमा ल्याउने बताएका छन्। ‘रेल संचालनको तयारी अन्तिम चरणमा पुगको छ। यसको सबै जवाफ अबको दुई महिनाभित्रै सरकारले दिन्छ,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठले भने, ‘आफैं रेल किन्ने वा लिजमा लिएर चलाउने भन्ने अहिले भएका छलफलका विषय हुन्। प्रधानमन्त्री जुन छिटो हुन्छ सोही प्रक्रिया अबलम्बन गर्न निर्देशन दिइसक्नु भएको छ।’
_x000D_
_x000D_
आगामी तीन देखि चार वर्षसम्ममा निजगढसम्म रेल चलाइने बताएका उनले काठमाडौ केरुङ रेलमार्ग सरकार आफैंले भएपनि बनाएरै छाड्ने बताए। काठमाडौदेखि पोखरासम्म रेलमार्ग निर्माणका लागि कन्सल्टेन्ट नियुक्त गरिसकेको जानकारुी दिएका मन्त्री महासेठले काठमाडौंलाई भारत र चीन दुवैतर्फको रेलमार्गबाट जोड्ने बताए। 
_x000D_
_x000D_
रेल संचालनका लागि जुन प्रक्रिया अपनाए पनि नेपाली ध्वजावाहक रेल हुने उनको भनाइ थियो। लिजमा लिएको रेलमा पनि प्राविधिक कर्मचारी मात्र बिक्रेता कम्पनीको हुने र बाँकी सबै कर्मचारी नेपाल सरकारका नै हुने उनले बताएका थिए। 
_x000D_
_x000D_
अपेक्षा अनुरुप काम गर्न सकिएन
_x000D_
जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री महासेठले सरकार गठन भएको नौ महिना मात्रै भएपनि अन्य धेरै काम गरेको बताएका थिए। कर्मचारी व्यवस्थापन र बजेट विनियोजन तथा वितरणमा काम गर्दा केही समय लिएकाले काम गर्न नसकिएको प्रष्ट पारे।
_x000D_
_x000D_
‘संघीयता कार्यान्वयनको संक्रमणकाल भएकाले स्थानीय तह र प्रदेशको बजेट व्यवस्थापन, कार्यालय व्यवस्थापन, संघीय सरकारले नै गर्न परेकाले जनअपेक्षा अनुसार काम गर्न नसकिएको हो’ उनले भने।
_x000D_
_x000D_
मसिंरसम्ममा सिन्डीकेट पूर्ण रुपमा अन्त्य हुन्छ
_x000D_
मन्त्री महासेठले आगमी मसिंर महिना सम्ममा सार्वजनिक यातायात क्षेत्रका सबै खाले सिन्डीकेट अन्त्य हुने दाबी गरे। सिन्डीकेट ब्युँताउन लागेको आरोप सरकारलाई लागे पनि ती सबै निराधार रहेको उनले दाबी गरे।
_x000D_
_x000D_
यातायात समितितर्फ लक्षित गर्दै विभिन्न नाममा खडा भएका समितिका खातामा रोक्का भएको पैसा खुलाउन लागेको आरोप लाग्न थालेपछि उनले त्यसको बचाउ गरेका छन्। ‘जुन कामका लागि समितिमा पैसा संकलन गरिएको हो, त्यही कामका लागि खर्च होस् भन्ने मन्त्रालयले चाहेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री महासेठले दोहोर्याएका थिए।
_x000D_
_x000D_
लाइसेन्सका नपाउने समस्याबारे सरकार जानकार रहेको बताएका महासेठले यो समस्या पनि चाँडै हल हुने बताएका छन्। दिनमा १० हजार छापिइरहेको जानकारी दिँदै उनले आगामी २ महिना भित्र लाइसेन्स नपाउने समस्या अन्त्य हुने बताए। सरकारले यातायात मापदण्ड निर्माण गरिरहेको बताएका मन्त्रीले विद्युतीय गाडीलाई भन्सारमा छुट सुविधा दिइएको र यो नीति जारी राखिने बताए।
_x000D_
_x000D_
नाका विस्तार गरिने 
_x000D_
मन्त्री महासेठले आगमी निर्वाचनसम्ममा उत्तर दक्षिणका नाका जोड्ने सडकमार्ग निर्माण गर्ने र ती नाका संचालनमा ल्याइने समेत बताएका छन्। केरुङ र ठोरी जोड्न सडक मार्ग निर्माण गरी आगमी दुई वर्षमा संचालनमा ल्याइने बताए। 
_x000D_
_x000D_
यसैगरी किमाथांका–धनकुटा र विराटनगर जोड्न सडक निर्माणको काम पनि आगमी निर्वाचन सम्म पूरा गरी संचालनमा ल्याइने बताए। बेनी –जोमसोम–कोरला जोड्ने सडकखण्डको काम ५० प्रतिशत बढी काम भएको बताउँदै उनले आगामी निर्वाचन अगावै सम्पन्न गर्ने समेत बताएका थिए। 
_x000D_
_x000D_
कहाँबाट आउँछ लगानी?
_x000D_
यी परियोजना निर्माणका एडीबी, विश्वबैंकलगयतका संस्थाबाट अनुदान आइरहेको जानकारी दिँदै उनले अब भने अनुदानको मोडेल पनि परिवर्तन गर्न लागिएको बताए। नेपाल सरकारलाई फाइदा हुने गरी जीटुजी गरी इपिसिएफ मोडलमा लगानी भित्र्याउन लागिएको बताए। 
_x000D_
_x000D_
सम्बन्धित देशका सरकारसँग सम्झौता गरी विदेशी लगानीकर्तालाई नेपाल सरकारले भनेअनुरुप काम गर्न लगाउने मोडेल इपिसिफ मोडले हो। यो नेपालका लागि नयाँ  भएको उनले बताए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।