काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन पक्षका विरुद्धमा एक ढिक्का भएर जाने निर्णय गरेको छ।
_x000D_
_x000D_
केन्द्रीय सदस्य सुजाता कोइरालाको पहलमा उनकै निवास मण्डिखाटारमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले १४औं महाधिवेसनका लागि आफूखुसी उम्मेदवार घोषणा नगर्ने सहमति बनेको छ। ‘१४औं महाधिवेसनमा केन्द्रित भएर आ–आफ्ना कार्यक्रम, भेटघाट, दौडधुप गरे पनि लिडरसिपको विषयमा अहिले नबोल्ने सहमति भएको छ।’, बैठकमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘तँ हुने की म हुने गरी ‘तँ–तँ, म–म’ को अवस्था रोक्नेमा एकमत बनेको छ।’
_x000D_
_x000D_
उपयुक्त समयमा मात्रै सभापतिको प्रत्यासीको विषयमा बोल्ने निर्णय भएको उनले बताए। घिमिरेका अनुसार आफ्नो समूहका नेताहरुको सार्वजनिक मञ्चमा टिकाटिप्पणी तथा आलोचना नगर्ने सहमतिसमेत बनेको छ।
_x000D_
_x000D_
उक्त बैठकले कृष्णप्रसाद सिटौला समूहसँग पनि सहकार्य गर्ने बताइएको छ। आजको बैठकमा उपत्यकका बाहिर रहेर सिटौला उपस्थित हुन नसकेको बताइएको छ। पौडेल समूहको निर्णयमा सिटौलाको पनि सहमति रहेको घिमिरेले दाबी गरे।
_x000D_
_x000D_
तर, सिटौला पक्षका एक केन्द्रीय सदस्यले घिमिरेको भनाइमा आंशिक सत्यता मात्रै रहेको बताए। उनले भने, ‘सिटौला काठमाडौंमा रहेको भए जान वा नजान दुवै हुन सक्थ्यो। पौडेल समूहले सिटौलाले पहिले नै उठाएको विषयलाई ढिलो उठाइरहेको छ।’
_x000D_
_x000D_
संस्थापन इतर समूहमा १४औं महाधिवेसनमा सभापतिका आंकाक्षी धेरै देखिएपछि पौडेल समूहले हाललाई आकांक्षीहरुले आफ्नो नाम सार्वजनिक नगर्ने निर्णय गरेको छ। आगामी महाधिवेसनका लागि संस्थापन पक्षबाट पुनः देउवा सभापतिका आकांक्षी देखिएका छन्। इतर समूहबाट भने सभापतिको आकांक्षीमा आधा दर्जन नेता उभिएको बताइन्छ। कोइराला परिवारमा भेला भएका अधिकांश नेता सभापतिको आकांक्षी हुन्। बैठकमा पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा शेखर कोइराला, डा प्रकाशशरण महत, सुजाता कोइराला र युवा नेता घिमिरे पनि सहभागी भएका थिए।
_x000D_
_x000D_
करिब दुई घन्टा चलेको बैठक मंसिर २८ देखि पुस ३ सम्म तोकिएको महासमितिको बैठकलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको थियो। बैठकमा पौडेलले उपसभापतिमा विजय गच्छदारलाई नियुक्ति गरिएको प्रक्रियाप्रति पुनः देउवाको आलोचना गरेका थिए। उनले विधानको व्यवस्था संशोधन गरेर ल्याएको भए उपयुक्त हुने धारणा राखेका थिए। उपसभापति बनाउने निर्णयमा अर्का नेताद्वय सिंह र केसीले विधानको ‘बाधा अड्काउ फुकाउ’ धाराको प्रयोग नगरिएकोप्रति संस्थापन पक्षप्रति आपत्ति जनाएका थिए।
_x000D_
_x000D_
आजको बैठकमा नेविसंघको विषयमा प्रवेश गरिएपनि कुनै ठोस निर्णय भने हुन नसकेको घिमिरेले जानकारी गराए।
_x000D_
_x000D_
बिरामी भएकै कारणले पार्टीका गतिविधिमा निष्क्रिय भएकी सुजाता कोइरालाको सक्रियता आजको बैटकसँगै बढेको छ। गत माघमा उनकै निवासमा कोइराला परिवारका नेताहरुको बैठक बसेको थियो। दुई महिनाअघि विराटनगर र बुटवलमा बोल्ने क्रममा महामन्त्री कोइरालाले कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारबाट हुने दाबी गरेका थिए।
_x000D_
_x000D_
बैठकले अन्य नेताहरुले पनि यस्तै प्रकृतिको बैठक पालैपालो गर्ने निर्णय गरेको छ। कोइरालाले नेताहरुलाई बिहानको खानासहित बैठकका लागि निम्त्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।