काठमाडौं– अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै अाएको कंगारु एजुकेशन फाउन्डेसनले देशका मुख्य पाँचवटा सहरमा बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ। ‘कंगारु एजुकेशन फेयरः अल नेपाल रोड सो’ नाम दिइएको उक्त मेला कात्तिक २९ गतेदेखि मंसिर ४ गतेसम्म संचालन हुने फाउन्डेसनले जानकारी दिएको छ।
_x000D_
_x000D_
कात्तिक २९ गते झापाको बिर्तामोडबाट सुरु भएर मंसिर ४ गते पोखरामा मेला समापन हुने बताइएको छ। कात्तिक ३० र मंसिर १ गते हुने काठमाडौंको पुतलीसडकस्थित कंगारु एजुकेसन फाउन्डेसनको कार्यालयमा मेला सम्पन्न गर्ने तयारी फाउन्डेसनले दिएको छ। यसैगरी, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला सम्पन्न हुने बताइएको छ।
_x000D_
_x000D_
न्यूजिल्यान्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधि उपस्थित हुने कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए। उनले भने, ‘हामी सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं। यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य सहर केन्द्रित मेला आयोजना गर्न लागेका हौं।’
_x000D_
_x000D_
मेलामा विद्यार्थीले आफू जान चाहेको देश, भिसा प्रक्रिया, आवश्यक खर्च, अध्ययनका विषय, काम गर्न पाउने अवधि, पाईने काम, काम आदि चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिबाटै जानकारी दिने फाउन्डेसनले जनाएको छ। मेलामा सहभागी हुनेलाई पुरस्कार र सेवा शुल्कमा तथा छुटको व्यवस्था पनि गरिएको फाउन्डेसनले बताएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।